Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

मार्मा गाउँपालिकामा कोरोना अस्पताल सञ्चालनमा

दार्चुला । मार्मा गाउँपालिकामा अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमितहरुको उपचार गर्नका लागि गाउँपालिकाले लटिनाथमा निर्माण गरेको पाँच श्ययाको कोभिड–१९ कोरोना अस्पतालको गाउँपालिका अध्यक्ष जमनसिंह धाँमीले उद्घाटन गरे ।

स्वास्थ्य मन्त्रालयले देशभर रहेका सबै स्थानीय तहहरुमा कोभिड–१९ कोरोना अस्पताल बनाउनका लागि बजेट विनियोजन गरेपछि मार्मा गाउँपालिकाले अस्पतालको निर्माण गरेको हो । जिल्लाका छ वटा स्थानीय तहले अझै अस्पतालको निर्माण गर्न सकेका छैनन् । मार्माले भने अस्पतालको सम्पूर्ण कार्य पूरा गरी आइतबारदेखि औपचारिकरुपमा सेवा सञ्चालनमा ल्याएको अध्यक्ष जमनसिंह धाँमीले जानकारी दिए ।

गाउँपालिकाले वडा नं २ लटिनाथ स्वास्थ्य चौकीमा कोभिड अस्पताल बनाएको हो । अस्पतालमा अक्सिजनसहितको औषधिकोसमेत व्यवस्था गरिएको छ । अस्पतालमा गाउँपालिकाले एक जना डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरेको छ ।

सङ्घीय सरकारले अस्पताल नभएका दार्चुलाका सात वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि रु १० लाख बजेट पठाइसकेको छ । दार्चुला जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए । जिल्लाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाबाहेकका सबै स्थानीय तहमा पाँच श्ययाका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

अस्थायी कोभिड अस्पातल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहले पाँच लाख श्ययालगायतका सामग्री खरिदमा खर्च गर्नुपर्नेछ भने रु ५० हजार बराबरको औषधि खरीद गर्नुपर्नेछ । यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्नेछ । यी अस्पताल तीन महिनाका लागि सञ्चालन गर्नुपर्ने भएकाले स्थानीय तहमै भएका स्वास्थ्य संस्थामा यी अस्पताल सञ्चालन गर्नुपर्ने बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending