Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रदेश १ मा कोरोना उपचार निः शुल्क

मोरङ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पुर्याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।

सो केन्द्रको क्षमता एक सय श्यया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुने छ ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका सङ्क्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट सङ्क्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताए । उनले सङ्घीय , प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले सङ्क्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए । उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यया सहयोग गरेको जानकारी दिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending