Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

आलेख : वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम

कैलाली । कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किए । त्यहाँ उनको आम्दानी राम्रै थियो । त्यहाँ बस्दा उनको मासिक आम्दानी रु दुई लाख ५० हजारभन्दा बढी थियो । त्यो आम्दानी छोडेर उनी स्वदेश फर्किएको करिब ४ वर्ष भयो । वैदेशिक रोजगारीका क्रममा झण्डै रु एक करोडभन्दा बढी कमाएर फर्केको उनको भनाइ छ ।

स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको रुकमको ठूलो हिस्सा उनको भैँसीपालनमा लगाएका छन । विगत एक वर्षदेखि आफ्नै गाउँमा भैँसीपालन थालेका विकको त्यस क्षेत्रको नमुना भैँसी फर्म रहेको छ । उनको अनुसार भैँसीपालनमा हालसम्म रु ८५ लाख खर्च भइसकेको छ । उनको भैँसीपालनमा लगानी थप्दै गएको बताएका छन । “विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन, विकले भने, “विदेशमा १८ घण्टा काम गर्छौँ कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाई चाही धेरै खोज्छौँ । अनि जति कमाए पनि कमै देख्छौँ ।’’

उनले दैनिक ५० देखि ६० लिटर दूध बेच्दै आएको बताउँदै चारजना भाइ भैँसीफार्ममा काम गर्ने गरेको बताए । उनले विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताए । ‘‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’’ उनले भने ‘‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’’

टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्य गिरी पनि रोजगारीकै लागि पाँच वर्ष मलेसिया बसेर फर्किएका हुन । उनी मलेसियामै बिरामी परे । हातखुट्टा चल्न छोड्यो र काम गर्न नसक्ने भएपछि उनी स्वदेश फर्किए । यहाँ केही समयको औषधि उपचारपछि सञ्चो भयो । त्यसपछि विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच उनले बनाए । विदेशको दुःख सम्झिएपछि उनले स्वदेशमै केही काम गर्ने प्रण लिए । उनले स्थानीयवासी सुमनप्रसाद श्रेष्ठसँगको समन्वय तथा सुझाव सल्लाहअनुसार गाउँमै बङ्गुरपालन शुरु गरे ।

करिब रु २२ लाख लगानीमा शुरु भएको टप एग्रिकल्चर बङ्गुर फार्ममा अहिले ४५ बङ्गुर छन् । यस बङ्गुर फार्मबाट बच्चा उत्पादन गरेर बिक्री गर्ने उद्देश्य उनको रहेको छ । अहिले यस बङ्गुर फर्ममा पाठा उत्पादन हुन थालेका छन् । विभिन्न ठाउँबाट माग पनि आइरहेको छ । तर अझै पाठा बेच्ने बेला भने आइसकेको छैन । ‘‘विभिन्न जिल्लाबाट किसानले माग गर्न थालेका छन्’’ उनले भने, “थोरै मात्रामा बेच्न शुरु गरे पनि अहिल्यै बेचिसकेको छैन । जुन माग अहिले छ त्यसअनुसार उत्पादन हुनसके विदेशमा विरामी भएर र यसै बिताएको समयको पनि म नाफा निकाल्न सक्ने अवस्थामा पुग्छु ।’’ उनको चारजनाको परिवार बङ्गुर फार्ममै संलग्न छ ।

जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी पनि मलेसियाबाट फर्केर गाउँमै व्यावसायिक तरकारी खेतीमा लागेका छन । उनीसँग पनि वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । विसं २०६७ मा रोजगारीका लागि मलेसिया छिरेका प्रेमराज २०७१ सालमा स्वदेश फर्किए । स्वदेश फर्किएपछि उनलाई के गरौँ र कसरी केही आयआर्जन गरौँ भन्ने कुनै अन्योल भएन । थोरै रकम कमाएर फर्किएका प्रेमराजको अढाई बिघा खेतबारी छँदै थियो । त्यसैले उनले तरकारीखेती शुरु गरे ।

उनले शुरुआतमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पुर्याउने गर्थ्य । त्यही तरकारी खेतीबाट भएको आमदानीबाट केही समयपछि मोटरसाइकल किन्न सफल भएका जोशीसँग अहिले बारीमा उत्पादन भएको तरकारी बजारसम्म पुर्याउनको लागि मिनि ट्रक पनि छ ।

उनको चारजनाको परिवार तरकारी खेतीमा संलग्न छ । दुई जनालाई जोशीले वर्षभरि नै रोजगारी दिएका छन् भने उनको तरकारी फार्ममा दैनिक ज्यालादारीमा काम गर्नेको सङ्ख्या पनि धेरै नै छ । उनको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनै बेला रोजगारीका लागि मलेसिया भासिएका जोशी अचेल गाउँमै रोजगारदाताका रुपमा चिनेका छन् भने अहिले उनकै सिको गर्दै कैयौँ युवा तरकारी खेतीमा आकर्षित भएका भएका छन् ।

उनले गाउँमा उत्पादन भएको अन्य व्यवसायीको तरकारी समेत खरिद गरी बजार पुर्याउने काम समेत गरेका छन् । बारीमा यतिबेला बोडी, लौका, करेलालगायतका तरकारी टन्न फलेको छ । कोरोना महामारीका कारण मुलुकमा केही समयअघि भएको बन्दाबन्दीका कारण भने उनको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन् । बारीमा फलेको तरकारी खपत हुनसकेको छैन । ‘‘लकडाउनले केही हदसम्म असर पारेको छ’’ उनले भने– ‘‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भइरहेको छ ।’’

उनले बोयर जातको बाख्रा पाल्ने लक्ष्य रहेको बताए । “लोकल जातको बाख्राको नश्ल सुधारको कामको थालनी भइसकेको छ र यसका लागि रु दुई लाख ५० हजार खर्च गरेर अष्टे«लियाबाट बोयर जातको बोका ल्याएको छु । उनले भने, “थप १५ ओटा बोयर जातको बाख्रासमेत मगाएको छु, केही दिनभित्रै आइपुुग्छ, मासु उत्पादन र बिक्री गर्ने मेरो लक्ष्य छ ।’’

वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरणीय पात्र मात्रै हुन् । हाम्रो गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका छन् र उनीहरुले विदेशमाभन्दा राम्रो आम्दानी र अझ त्योभन्दा पनि राम्रो सन्तुष्टि आर्जन गर्न सफल भएको देख्न सकिन्छ । उनीहरुमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies