Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत

सप्तरी । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् ।

दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार आरोपितमध्ये सुनील पक्राउ परेका छन् भने ज्ञानु फरार छन् ।

पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी लिखित उजूरी दिएका छन् । दशैंँको बिदालगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताए ।

यसअघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजुरी दर्ता छ । गत भदौ २७ गते राति भएको बलात्कार घटनाको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएपनि हालसम्म कोही पक्राउ परेका छैनन् ।

प्रदेश नं। २ कै दोस्रो खुला दिसामुक्त सप्तरी जिल्ला विसं २०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा शौचालय व्यवस्थापनको समस्या थपिँदो छ ।

मनोविमर्शकर्ता रञ्जना चौधरीले शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको र यौन दुव्र्यवहार तथा बलात्कारमा पर्ने गरेको बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending