Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।
विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।

दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्ने चलन भने छैन । ‘हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ, मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन छ’, माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भने । आफू जान्नेबुझ्ने भएदेखि दशैँको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उनी बताउछन् ।

माझी दशैँको दिन टीकाजमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्ष दशैँमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैन । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्नेले भने जमरा राख्छन् । ‘माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,’ स्थानीयवासी फूलकुमारी माझीले भने, ‘खै कुन्नि किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’ ‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’, उनले थपे, ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दशैंँका लागि जमरा राख्न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ’, उहाँले भन्नुभयो, वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे । दशैंँ मनाउन छाडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ ।’ अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैँमा लगाउने गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies