Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।

काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताए । जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताए ।

हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गरे । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending