Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै

सर्लाही । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु राखेर ५० प्रतिशतभन्दा बढी भाडा लिन थालेका छन् ।

सवारी साधनमा भाडा दररेट नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिएको तथा भाडामा ५० प्रतिशत वृद्धि गरेर लिने गरेको यात्रु कवीर महतोले बताए । अनुगमन गर्ने निकाय मौन रहेको महतोको आरोप छ ।

सो क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुदेखि चालकसम्मले स्वास्थ्य मापदण्डको पालना नगरेको पाइएको छ । मन लागेको बेला मात्र ट्राफिक प्रहरीले सवारी साधन रोकेर यात्रुका गुनासो सुन्ने गरेका छन् । समस्या समाधानतर्फ कसैको ध्यान नदिएको अर्का यात्रु प्रकाश पोख्रेलले बताए ।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने नियम लागू गरी पुरानै भाडादर कायम गरे पनि वीरगञ्ज–जनकपुर चल्ने सवारी साधनले ५० प्रतिशतभन्दा बढी भाडा असुल्दै आएका छन् । सवारी साधनको जाँचलाई निरन्तरता दिएको, यात्रुका समस्या समाधानका लागि प्रदेशका सबै जिल्लाका सबै स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको, ट्राफिक नियम विपरीत चल्ने सवारी साधनलाई आवश्यक ट्राफिक नियमानुसार कारबाही गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ पथलैयाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए । प्रदेश नं २ का आठवटै जिल्लाका लोकमार्ग, भित्री सडकखण्ड, सीमानाकामा गरी ७९ ट्राफिक प्रहरी युनिट रहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending