Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

साइपाल गाउँपालिकामा आँखा शिविर सुरु

बझाङ । हिमाली गाउँपालिका साइपालमा आँखा शिविर शुरु भएको छ । शनिबारदेखि शुरु भएको शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया तथा उपचार गएिको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, तिलगङ्गा आँखा अस्पताल काठमाडौँ, गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा भएको आँखा तथा बृहत् स्वास्थ्य शिविरमा भिडियो एक्सरे, हाइड्रोसिल जाँचलगायत स्वास्थ्य सेवासमेत प्रदान गरिएको जिल्ला अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । आँखाको समस्या देखिएका धेरै बिरामी भएका कारण स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीको भनाइ थियो ।

गाउँपालिकाले असोजमा ९२३ जनाको सामान्य जाँच तथा आँखा परीक्षण गरेकामा ६४३ ज्येष्ठ नागरिकमा आँखाको समस्या देखिएपछि तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा रीता गुरुङलगायत नौ चिकित्सकसहित ४० स्वास्थ्यकर्मीको टोली उक्त ठाउँमा पुगेको हो । शिविरमा आज बिहानसम्म करीब एक हजार चार सय बिरामीको जाँच गरिएको, १३५ जनालाइ चश्मा वितरण गरिएको ३६ जनाको आँखाको शल्यक्रिया गरिएको शिविर टोलीमा सहभागी पत्रकार वसन्तप्रताप सिंहले जानकारी दिए ।

पहिलोपटक स्थानीयस्तरमै शिविर सञ्चालन भएपछि स्थानीयवासी खुशी भएका छन् । धेरै पैसा खर्च गरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको गाउँपालिका काँडा घर भएका बमबहादुर बोहोराले बताए । शिविरको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले गरेका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies