Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

खसीबोका बिक्री हुनै गाह्रो

तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ ।

पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको किसान बताउँछन् । विगतमा दशैं आउनुभन्दा अघि नै खसीबोका खरिदबिक्रीका लागि भीड लाग्ने दमौली बजार यो वर्ष भने सुनसान देखिएको ऋषिङ गाउँपालिका–४ भिरकोटका किसान निमबहादुर सुनारले बतए ।

गत वर्षको दशैंँमा खसीबोका बेचेर राम्रो आम्दानी गरेका सुनारले यसपाली बिक्री नभएको बताए। “यो समय सबैभन्दा धेरै खसीबोका बिक्री हुने बेला हो”, उनले भने, “बिक्री नहुँदा पशुपालन किसान चिन्तित भएका छन् ।” विगतका वर्षमा खसीबोका किन्ने मान्छे गाउँमै पुग्ने गरे पनि यो वर्ष बिक्री नभएर शहर झारियो तैपनि किनबेच शून्य जस्तै रहेको खसीबोका व्यवसायी कृष्णबहादुर रानाभाटले बताए।

कोरोना भाइरसले गर्दा बजारमा चहलपहलमा कमी आउनुका साथै आम्दानी पनि कम भएकाले खसीबोका बिक्री हुन नसकेको अनुमान किसानको छ ।

ब्यास नगरपालिकाको कार्यालयले खसीबोका बिक्रीस्थलका लागि दमौलीस्थित पुरानो प्रशासन कार्यालयमा व्यवस्था मिलाइदिएको छ । उक्त स्थानमा दैनिक एक दर्जन बढी किसान तथा व्यवसायीले खसीबोका बिक्रीका लागि ल्याउने गरेका छन् । गत वर्ष तनहुँमा रु सात लाखको बिक्री गरे पनि यो वर्ष ५० प्रतिशत कममा झर्ने अनुमान गरिएको किसान बताउँछन् ।

कोभिड–१९ कारण होटल, रेष्टुरेन्ट बन्द हुनु, भोजभतेर नहुनु, होमस्टेलगायत पर्यटन क्षेत्र ठप्प हुनुलगायत कारणले मासु खपत घट्दा यो समस्या आएको हुनसक्ने तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले बताए ।

आम्दानी कम भएकाले दिनदिनै र हप्तैपिच्छे मासु खाने पनि खर्च कटाउन थालेकाले मासु व्यवसाय प्रभावित भएको हुन सक्ने उनको भनाइ छ ।

मासु व्यवसायी खुशी :

किसानलाई खसीबोका बिक्री नभएर समस्या परे पनि दमौली बजारमा मासुको व्यवसाय गर्नेलाई भने फाइदा पुगेको छ । गाउँकै मूल्यमा बजारमा खसीबोका खरिद गर्न पाउँदा सजिलो भएको दमौलीका मासु व्यवसायीको भनाइ छ ।

आपूmले चाहेको मूल्यमा यही नै खसीबोका पाउन थालेपछि सो कार्यका लागि गाउँ जान छाडेको दमौलीस्थित केसी मासु पसलका सञ्चालक कृष्ण केसीले बताए। उनले भने, “खसीबोका खोज्न गाउँ–गाउँ डुल्नुपथ्र्यो । अहिले किसानले पसलमै गाउँको मूल्यमा ल्याइदिएपछि व्यवसाय सञ्चालनमा सहज भएको छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: