बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।
वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माणकार्य शुरु भएपछि अब यहाँका बासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन् । सम्झौताअनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष जनम तामाङले बताए । उनका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “पुसभित्र जसरी पनि स्थानीय बासिन्दाको घरघरमा खानेपानी पुर्याउने लक्ष्य पूरा गर्नेछौँ”, तामाङले भने, “तोकिएको समयमा नै काम सकाउने गरी निर्माणकार्य अगाडि बढिरहेको छ ।” तीन महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
यहाँका बासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आएका छन् । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताए । “अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन्”, उनले भने, “पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।”
रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्याङ्कीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका बासिन्दा लाभाविन्त हुनेछन् । रु एक करोड २३ लाख ८९ हजार ६०४ भ्याटबाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ । आयोजना जेभी कन्स्ट्रक्शनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरु गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ ।
जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्याङ्कीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीयवासी उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीयवासी खुशी छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: