Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम बस्दै धारापानीवासी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा दिउँसै बाघले बाख्रा खान थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।

बाख्रा चराउनका लागि वन क्षेत्रमा लैजाँदा र गोठमै राखेका बाख्रा पनि बाघले खान थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । तीन दिनको अवधिमै स्थानीयवासीले पालेका १० भन्दा बढी बाख्रा बाघले खाइसकेको छ । वन संरक्षणमा जोड दिइएपछि बाघ आउन थालेको हो । दुई दिनको अवधिमै बाघले स्थानीयवासी साइमले धामीका मात्रै छ वटा बाख्रा मारेर खाएको छ ।

“दुई बाख्रा वन क्षेत्रमा चराउन लगेको बेला बाघले खाइदियो”, उनले भने, “चारवटा बाख्रा खोरमै रहेका बेला खाइदिएको छ । बस्तीमै बाघ आउन थालेपछि बाख्रालगायत अन्य घरपालुवा जनावर जोगाउनका लागि रातभर जाग्राम बस्नुपरेको छ ।”

गाउँ नजिकैको डाँडाबाटै बाघ गर्जेको आवाज दैनिक सुनिन थालेको छ । बाघको आवाज आउन थालेपछि गाउँका सबै जना घरघरबाट निस्केर बाख्रा जोगाउनका लागि होहल्ला गर्ने र आगो बालेर तर्साउने काममा लागेको धामीले बताए । उनले भने, “सावधानी अपनाउँदा अपनाउँदै पनि खोरबाटै बाख्रा लगेको पत्तो नै लाग्दैन, बाघले निकै तर्साएको छ ।”

“कहिल्यै पनि बाघ बस्ती र नजिकका वन क्षेत्रमा देखिएको थिएन”, रमेश धामीले भने, “तीन दिनदेखि दैनिक बाघ बस्तीमै पुग्न थालेपछि डरका कारण साँझ नहुँदा बालबालिकालाई घरभित्रै राख्नुपरेको छ ।” मानवीय क्षति हुन नदिन र बाख्रालगायत घरपालुवा जनावर जोगाउन पालैपालो जाग्राम बसेर आगो बाली होहल्ला गरेर बस्नुपरेको स्थानीयवासी दुखेसो पोख्छन् ।

स्थानीयवासी दिउँसो वन क्षेत्रमा बाख्रा, गाई, गोरु चराउन जानसमेत बाघकै डरले बन्द गरेका छन् । दाउरा र मेलापात जाँदासमेत समूहमा जाने गरेको प्रितम धानुकले बताए । बाघकै डरले नदी तटीय क्षेत्र र खुला मैदानमा मात्रै समूहमा बाख्रालगायत जनावर चराउन जान थालेको उनले बताए । वन क्षेत्र विगतको तुलनामा हराभरा भएपछि बाघ आउन थालेको स्थानीयवासीको भनाइ छ । वन क्षेत्रमा बाघसँगै अन्य जनावरको आवागमनसमेत बढेको छ । बैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा वन क्षेत्र संरक्षण भएपछि बाघ बस्तीसम्म पुग्दै आएको बताए ।

“वन क्षेत्रमा बाघ देखिएपछि सामुदायिक वनका उपभोक्तालाई समेत वन क्षेत्रमा नजानका लागि सचेत गराएका छौँ”, उनले भने, “अनियन्त्रितरूपमा वन क्षेत्रमा बाख्रा चराउने कार्यले जोखिम बढेको हो ।” गत वर्षमात्रै सोही वन क्षेत्रमा बाघले एकै रात दुई दर्जन बढी गाईलाई मारेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending