चितवन । भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा आकर्षक बत्ती जडान गरी झिलीमिली बनाइने भएको छ ।
महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणले सहकार्य गरी रु ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी महानगरलाई झिलीमिली शहरको बनाउन लागिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिए । गएको शनिशार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ । यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उनले बताए । काम शुरु भएपछि छ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ ।
विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ । प्रमुख दाहालले भने, “यसले महानगरको सौन्दर्यता वढाउने छ ।” आम महानगरवासीले थप सुविधा पाउने पनि महानगरको अपेक्षा छ । देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ ।
स्मार्ट स्ट्रिट लाइट जडानको बोलपत्र सेफ स्टिल, सूर्योदय ऊर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौँलाई परेको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले महानगरमा ७७ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान हुने बताए । भरतपुर महानगरको केन्द्रीय बस ट्रमिनल चोक, आँपटारी चोक, पुलचोक, लायन्सचोक र चौबीसकोठीमा अग्ला पोलहरुमा चारैतिर बत्ती राखेर उज्यालो बनाइने छ ।
उनका अनुसार ती ठाउँहरुमा रङ्गशालाका जस्ता बत्ती जडान हुनेछन् । यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पुलचोकबाट आँपटारीसम्म, रामनगरबजार, बाइपास रोड, पुलचोकबाट शरणपुरसम्म, शहीदचोकबाट यज्ञपुरीसम्म र चौबीसकोठीबाट मालपोत चोकसम्म बत्ती जडान गरिने छ । दूरसञ्चार रोड, बालमन्दिर रोड, वीरेन्द्र क्याम्पस चोकबाट विशाल चोकसम्म, भरतपुर अस्पतालबाट हाकिमचोकसम्म, बाइपास रोडको गणेशस्थानबाट गोन्द्राङ्ग हुँदै पदमपुर चोकसम्म, बसेनी चोकबाट रिङरोडसम्म र त्रिचोकबाट बुद्धचोक हुँदै क्यान्सर अस्पताल चोकसम्म बत्ती जडान गरिने उनले जानकारी दिए ।
चोकबजार, हाकिमचोकबाट बुद्धचोकसम्म, चौबीसकोठीबाट रामपुरसम्म, शारदानगर, चनौली, मेघौली, गीतानगर, पकौडी, जगतपुर शिवनगर, ध्रुव र पटिहनी बजारसँगै प्रचण्डमार्गमा समेत बत्ती जडान हुनेछ । प्रमुख महतोका अनुसार ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना पोल प्रयोग गरिनेछन् । ती सबै बत्ती बाल्न र निभाउन, मधुरो र चहकिलोलगायत सञ्चालनको काम एउटै नियन्त्रणकक्षबाट हुनेछ । एक–एक बत्तीको नियन्त्रण सोही कक्षबाट गरिनेछ । यसको मुख्य सर्भर काठमाडौँमा रहने र यहाँ पनि नियन्त्रणकक्ष हुने उनले जानकारी दिए । सडक विद्युत्मा देशकै नमूना काम हुन लागेको उनको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: