Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बुडर –जोरायल – गड्सेरा सडकमा आजदेखि कालोपत्रेका काम शुरु

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर– जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको कुल रु ७० करोड लगानीमा बुडरदेखि जोरायलको चनकट्टेसम्म १७.३० किमी सडक कालोपत्रेका लागि आजदेखि काम शुरु भएको हो ।

सो अवसरमा मुख्यमन्त्री भट्टले बुडर, जोरायल, गड्सेरा हुँदै दिपायल जोड्ने यो सडक निर्माण सम्पन्न भए यहाँका कृषिदेखि अन्य विकासका कामले गति लिने तथा नागरिकलाई घरैमा कमाउने आधार निर्माण हुने बताए । उनले भने, “यहाँका विकासनिर्माणका ठूला कामहरु तोकिएकै समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ, समयमै काम नसक्नेलाई कारवाही हुन्छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिंह बोहराले पछिल्लो समय सुदूरपश्चिमका गाउँगाउँमा विकासनिर्माणले गति लिन थालेको बताए । सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले नागरिकको आवश्यकता बिजुली, सडक र विद्यालय जस्ता विकासका योजना अघि सार्नुपर्ने बताए । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बुडर– जोरायल– गड्सेरा सडकको काम चाँडो सम्पन्न भए यहाँका नागरिकले आफूले फलाएका तरकारीदेखि अन्य अन्नपात सुगम क्षेत्रका ठाउँ तथा बजारसम्म सहजै पुर्याउन सक्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending