Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु. सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए।

नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताए । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भन्नुभयो, “गत आवको पहिलो चौमासिकमा रु. पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु। पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु. पाँच करोड ७७ लाख ५८ हजार वितरण भएको हो ।”

पहिलो चौमासिकमा छ हजार ३५९, दोस्रोमा छ हजार ३७० र तेस्रोमा छ हजार ४५४ जनालाई भत्ता वितरण गरिएको हो । गत आर्थिक वर्षमा कूल १९ हजार १८३ जनाले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन कायम रहेको संख्याभन्दा कमले मात्रै भत्ता बुझ्ने गरेका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।

नपामा ज्येष्ठ नागरिकतर्फ १० हजार ६६० मध्ये १० हजार ४९४ जनाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको अधिकृत अर्यालले बताए। उनका अनुसार असहाय एकल महिला तथा विधवातर्फ ५ हजार ७८८ मध्ये ५ हजार ३९३, अति अशक्त अपाङ्गता ‘ख’ वर्गको ७१७ मध्ये ६६७, दलित बालबालिकातर्फ २ हजार २५४ रहेकोमा २ हजार १२८ र पूर्ण अपाङ्गता ‘क’ वर्गतर्फ ३५६ मध्ये ३४१ जनालाई भत्ता वितरण गरिएको हो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणतर्फ सबैभन्दा धेरै ज्येष्ठ नागरिकको रहेको छ । ज्येष्ठ नागरिकलाई रु। एघार करोड ६३ लाख ६७ हजार २००, असहाय एकल महिला, विधवालाई रु। चार करोड ३० लाख ८७ हजार ४००, अति अशक्त अपाङ्गता भएको ‘ख’ वर्गकालाई रु. ५२ लाख १९ हजार ८००, दलित बालबालिकालाई रु. ३३ लाख ७८ हजार र पूर्ण अपाङ्गता भएका ‘क’ वर्गकालाई रु. ४० लाख ९२ हजार वितरण गरिएको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending