Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दूध बिक्रीबाट किसानलाई आर्थिक लाभ

वागमती । नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन् । आयोजनामा करिब २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत २५ हजार दुग्ध किसानको दूध सङ्कलन हुने गरेको र किसानलाई आर्थिक लाभ प्राप्त भएको बताइएको छ ।

ग्रामीण क्षेत्रका दूध उत्पादक किसानले उत्पादन गरेको दूधको उपयुक्त मूल्य दिई बजारको व्यवस्थापन गर्ने तथा गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ सुलभ तरिकाले शहरी क्षेत्रलगायतका उपभोक्ताबीच नियमितरुपले आपूर्ति गर्ने उद्देश्यले आयोजनाको स्थापना भएअनुसार कार्य भइरहेको छ । साथै आयोजनाअन्तर्गत चन्द्रनिगाहपुर, गरुडा, नवलपुर, बरहथवा, हरैया, बसवरिया र सिम्रौनगढमा सात वटा दूध चिस्यान केन्द्रमार्फत दूध सङ्कलन हुँदै आएको छ ।

त्यसका अलावा मकवानपुरलगायत अन्य जिल्लाको दुग्ध उत्पादक सहकारी संस्थामार्फत नियमितरुपमा दूध सङ्कलन गर्ने गरिएको आयोजनाका शाखा अधिकृत ठाकुरदास श्रेष्ठले जानकारी दिए । मौसमअनुसार आयोजनाले दैनिक १० हजार लिटरदेखि ३५ हजार लिटरसम्म दूध सङ्कलन गरी बिक्री वितरण गर्ने गरेको छ । आयोजनाको ६० हजार लिटर दूध भण्डारण गर्ने क्षमता छ । यस आयोजनासँग दही उत्पादन क्षमता तीन हजार लिटर, घ्यू, मख्खन, पनिर उत्पादन क्षमता ५०० केजी प्रतिदिन, ताजा दूध एक हजार ५०० बोतल प्रति सिफट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट उत्पादन क्षमता प्रतिदिन रहेको छ ।

आयोजनाको बिक्री वितरण क्षेत्रमा तीन डिस्ट्रीब्यूटर्स, २८ डिलर र १९७ बिक्री बुथमार्फत वीरगञ्ज र नारायणघाट क्षेत्रमा नियमितरुपमा सेवा पु¥याउँदै आएको छ । डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनाको दूध प्रशोधन क्षमता प्रति घण्टा तीन हजार लिटर रहेको शाखा अधिकृत श्रेष्ठले बताए । आयोजनासँग बढी भएको दूध पाउडर दूधका लागि विराटनगर तथा बालाजु पठाउने गरिएको छ । दुग्ध विकास संस्थानको स्थापना विसं २०२६ साउन १ गते भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies