Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कुखुरा फार्मको दुर्गन्धले दर्जनौँ बस्तीमा समस्या

वीरगञ्ज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।

सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, देउखुरी, धर्मपुर, वैधनाथपुर, धर्मबस्ती, बङ्कुल, रामभोटीभाठा गाउँ, खरघट्टी, सुवाटोल, बेलवा, लंकुल, पल्लोटाँगी, बहुरीया, मलाइडाँडालगायतका बस्तीमा दुर्गन्ध फैलनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत असर पर्न थालेको उक्त गाउँपालिकाका उपाध्यक्ष ममता महतोले राससलाई बताए ।

सो फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनाका साथै बालबालिका बिरामी पर्नेलगायतका समस्या देखिएको गुनासो गर्दै स्थानीयवासी लक्ष्मी लामाले भने, “सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ ।” दुई वर्षअघि स्थानीय शिवजीप्रसाद कलवारले स्थापना गर्नुभएको सो फार्मबाट निस्कने दुर्गन्ध र फोहरलाई रोक्न र मरेको कुखुरालाई उचित व्यवस्थापन गर्न पटकपटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदासमेत फार्मले समस्या समाधानमा ध्यान नदिएकाले पीडित स्थानीयवासीले गाउँपालिकामै समस्या समाधानका लागि उजुरी दिएका छन् ।

जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न गाउँपालिका सचेत रहेको न्यायिक समितिका संयोजकसमेत रहेका उपाध्यक्ष महतोले भने, “उक्त समस्या समाधान गर्न फार्मको व्यवस्थापन पक्ष र स्थानीयवासीलाई असोज २९ गते छलफलका लागि डाकिएको छ ।” कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नाका साथै स्यालको आतङ्कसमेत फैलिएको स्थानीय जयकुमार मिश्रले गुनासो गरे । दाल र दानाको उद्योग खोल्ने अनुमति लिएर लगानीकर्ताले कुखुरा फार्म खोलेको स्थानीयवासीले आरोप लगाए पनि कम्पनी काठमाडौँस्थित कम्पनी रजिष्टारको कार्यालय तथा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा कुखुरापालन व्यवसाय गर्ने भनेर नै सो फार्म दर्ता भएको सो कार्यालयका प्रमुख रिमा साहले बताए ।

सदरमुकाम वीरगञ्जबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको सो फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले स्थानीयवासीको स्वास्थ्यमा असर गर्नाका साथै, फलफूल नष्ट हुने, धानबालीमा विभिन्न रोगका किरा लाग्ने, प्रदूषण बढ्नेजस्ता समस्या बढ्दै गएकाले छिट्टै समस्या समाधान नभए आन्दोलनमा समेत उत्रिने स्थानीयवासीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE