Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नयाँ पाठ्यक्रमबारे शिक्षकलाई अभिमुखीकरण दिन माग

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहे पनि शिक्षकलाई तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट गरे ।

उहाँले सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि आग्रह गर्नुभयो । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले २०७६ भदौ २० गते संविधान र सङ्घीयता अनुकूल हुने गरी विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप ल्याएको थियो । नयाँ व्यवस्थानुसार कक्षा १० पछि माध्यमिक शिक्षाको निरन्तरतास्वरुप कक्षा ११ लाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ । पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिकसत्रदेखि यसको कार्यान्वयन शुरु भएको जनाइसकेको छ ।

अध्यक्ष थापाले नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन शिक्षा सेवा आयोगको नियमावाली परिवर्तन चाँडो गर्न पनि माग गरे। उनले विद्यालय समायोजन (मर्ज) हुँदा शिक्षक कर्मचारीलाई हटाउन नहुने र दरबन्दी मिलान गर्दा प्रधानाध्यापकलाई दरबन्दी कायम नगर्ने सहमति कार्यान्वयन हुनुपर्ने जनाउँदै शिक्षक विद्यार्थी अनुपातको नयाँ मापदण्ड हिमाल, पहाड र तराईमा क्रमशः ३०, ३५ र ४० हुनुपर्ने अडान राखे।

छलफलमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक रुपान्तरणका लागि शिक्षक र शिक्षा पत्रकार कुनै न कुनैरुपमा एउटा बिन्दुमा उभिनुपर्नेमा जोड दिए भने एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले शिक्षक समुदाय र शिक्षा पत्रकारिता क्षेत्रबीचको निरन्तर जागरुता नभएमा शैक्षिक रुपान्तरण सम्भव नहुने जनाए । पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड– १९ पछिको स्थितिमा वैकल्पिक माध्यमबाट भइरहेको सिकाइ प्रक्रियाबारे वस्तुगत अध्ययन र सम्प्रेषणका लागि शिक्षक र पत्रकारिता क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending