झापा । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् ।
मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले अडान लिएको छ । उता विद्यालय सञ्चालकहरुको नेतृत्व गरिरहेका प्याब्सन र एन–प्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् ।
दुवै पक्षबीच पटकपटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा आज भएको औपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गियो । इस्टुका झापा अध्यक्ष होमराज खतिवडाले दशैँ सङ्घारमा आइसक्दा पनि श्रम गरिरहेको विद्यालयबाट आधा वर्षकै तलब नपाउनु त्यसबाटै परिवारको भरणपोषण गरिरहेका शिक्षक तथा कर्मचारीका लागि मार्मिक समस्या भएको बताए ।
झापामा ४०० निजी विद्यालय र त्यसमा करिब पाँच हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् । ती सबै विद्यालयले कोभिड–१९ का कारण चैतमा बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब दिएका छैनन् । जम्मा ११४ वटा विद्यालयले फागुन र माघ महिनाको समेत तलब नदिएको खतिवडाले बताए ।
इस्टुका जिल्ला अध्यक्ष खतिवडाले ६ महिनाको तलब अहिले एकैपटकमा दिन नसक्ने भए एक महिनाको तलब र दशैँ खर्च तत्काल दिन र बाँकी तलब क्रमशः दिँदै जान आग्रह गर्दासमेत विद्यालय सञ्चालक नमानेको बताए । ‘‘हाम्रा जायज माग बेवास्ता गरिए विद्यालय ठप्प पार्ने आन्दोलन गर्नुको विकल्प अब बाँकी रहेन,’’ इस्टुका जिल्ला अध्यक्ष खतिवडाले भन्नुभयो, ‘‘स्कुलका भवन रहने, गाडी रहने, अनलाइन कक्षा चल्ने, बिहान ६ देखि बेलुका ६ बजेसम्म शिक्षकले अनलाइनका लागि खट्नुपर्ने तर शिक्षक कर्मचारीले तलब चाहिँ नपाउने कुरा मान्य हुँदैन ।’’
परिवारको भरणपोषण गर्नैका लागि शिक्षक तथा कर्मचारीले निजी विद्यालयमा घोटिएर जागिर खाएको जनाउँदै उनले चाडबाडको मुखमा भोकभोकै बस्नुपर्ने दयनीय अवस्थाप्रति सरकारको ध्यान जानुपर्ने बताए । प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले ६ महिनासम्म विद्यालय बन्द भएका कारण सबै तलब एकैचोटी भुक्तानी गर्न नसकिने बताए । ‘‘हामीले तलब दिँदैनौँ भनेका छैनौँ,’’ उप्रेतीले भने ‘‘खाली हात नहुने गरी कुन मोडालिटीमा तलब दिन सकिन्छ भनेर कसरत गरिरहेका छौँ ।’’
कोभिड–१९ को महामारीले शिक्षक र कर्मचारीलाई मात्र नभएर विद्यालयका सञ्चालक, अभिभावक तथा विद्यार्थी सबैलाई मारमा पारेको हुँदा बन्दाबन्दी अवधिको तलबका विषयमा लचकदार भएर निकास निकाल्नुपर्ने उनको धारणा छ ।
लामो अवधिदेखि तलब नपाउँदा शिक्षक र कर्मचारीको चुल्हो निभ्ने अवस्था आएको इस्टु भद्रपुरका अध्यक्ष द्रोण अधिकारीले बताए । हजारौँ श्रमजीवीले तलब नपाएर समस्या भोगिरहनु परेको अवस्थाप्रति सरकारले पनि बेवास्ता दर्शाएको उनको गुनासो थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: