Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल सोमबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिकरुपमा शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु पाँच करोड नौ लाखको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७.२ मिटर र चौडाइ ८.५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताए ।

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ट्रक्सन कम्पनी हेटौँडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जीतेन्द्रकुमार कर्णले बताए । पुल निर्माणसँगै अब प्रदेश नं २ को सप्तरी सुरुङगा क्षेत्रबाट सिधैँ उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुरगढी लिम्चुङबुङ गाउँपालिका भएर खोटाङको हलेसीसम्म सिधैँ यात्रा गर्न सहज हुने उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताए ।

सो अवसरमा प्रदेश नं १ का प्रदेशसभा सदस्य मगरले उदयपुरको मध्यपहाडी क्षेत्रका जनतालाई छिमेकी खोटाङको हलेसीसम्म जोड्न यो सडक निर्माणको लागि प्रदेश सरकारसँग पहल गरेर बजेटको व्यवस्थापन गरेको बताउँदै सो सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल निर्माण भएपछि यातायात सहज हुने विश्वास व्यक्त गरे ।

प्रदेश नम्बर २ को सप्तरी सिरहा र भारतको बिहारसम्मका जनतालाई पनि सप्तरी हुँदै कोल्टे हलेसी सडकखण्ड भएर खोटाङको हलेसी धार्मिकस्थलसम्म आवतजावत गर्न सहज हुने उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending