Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सातदोबाटो–गोदावरी सडकखण्ड कालोपत्र गर्न ढल व्यवस्थापनको काम हुँदै

काठमाडौँ । सातदोबाटो–गोदावरी सडकखण्डअन्तर्गत हरिसिद्धिको मूल सडकमा ढल व्यवस्थापनको काम भइरहेको छ । लामो समयदेखि अस्तव्यस्त र भद्रगोल सडकलाई व्यवस्थित बनाएर कालोपत्र गर्न सो खण्डमा उक्त काम धमाधम अघि बढेको हो ।

गोदावरी नगरपालिका–१४ ठैव सिमानादेखि ललितपुर महानगरपालिका–२९ हात्ती वनसम्मको सडकमा आकाशे पानीका साथै नाली निकास गर्ने ढल र पाइप हाल्ने काम भइरहेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले बताए । उनले बताए, “यस सडकखण्डमा आकाशको पानी पठाउने ठाउँ नहुँदा बढ्दै गएका खाल्डाखुल्डी र हिलोले कयौँ मोटरसाइकल लडेर दुर्घटना हुनेगथ्र्यो, अव्यवस्थित सडकलाई सुधार गरेर जनताको स्वास्थ्यलाई धुलोबाट पनि जोगाउन हामी लागि परेका छौँ ।” सो सडक मर्मतको काम सकिएसँगै तत्काल यथास्थितिमै कालोपत्र गरिने महर्जनले जानकारी गराए ।

उक्त खण्डको खाली जग्गामा पर्खाल लगाएर हरिसिद्धिदेखि गोदावरीसम्ममै सडक अब कालोपत्रको काम अघि बढिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको भनाइ छ । उनले भने, “यही असोज १५ गतेदेखि यस सडकखण्ड सुधारको काम अघि बढेसँगै दैनिक यात्रा गर्ने वडा नं– १ गोदामचौर, नं २ विशङ्ख, नं ३ साविकको गोदावरी, नं बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले वैकल्पिक मार्ग प्रयोग गरेर हामीलाई निकै सहयोग गरिरहनुभएको छ ।” उक्त सडकखण्डमा बिहान ६ः०० बजेदेखि राति ११ः०० बजेसम्म तीन चार डोजरका साथै कामदार खटिएर धमाधम आवश्यक काम गरिरहेका उनले बताए ।

सो खण्ड भएर दैनिक यात्रा गर्ने जनताले वैकल्पिक मार्गका रुपमा ठैवचोकदेखि महालक्ष्मी नगरपालिकाको सानागाउँ अनि इमाडोल र हरिसिद्धि क्यान्सर अस्पताल पछाडिको मार्गका साथै चापागाउँ छिरेर धापाखेल निस्कने गरिरहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending