कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका चार सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पुर्याउने उद्देश्यले ती प्रयोगशाला स्थापना गरिएका हुन । नगरपालिकाको शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार कालिका माध्यमिक विद्यालय असैना, सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहा, सरस्वती माध्यमिक विद्यालय अमरपुर र शिवशङ्कर माध्यमिक विद्यालय गर्जमुनिमा विज्ञान प्रयोगशाला स्थापना गरिएका छन् ।
“प्रयोगशाला स्थापना गर्न मन्त्रालयबाट उपलब्ध रु छ लाख ६० हजारका दरले रकम प्रयोगशाला स्थापनालाई छनोटमा परेका विद्यालयलाई उपलब्ध गराएका छौँ”, उनले बताए, “ उपलब्ध रकमबाट रु एक लाख ५० हजार प्रयोगशाला व्यवस्थापन र रु पाँच लाख रकमबाट विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको छ ।”
उपलब्ध गराइएको रकमबाट फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको उनले बताए । विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनाका लागि उपलब्ध गराइएको रकम सदुपयोग भए नभएकोबारे अनुगमनको काम गरेको शिक्षा शाखा प्रमुख भट्टले बताए ।
विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने सिद्धबैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक धनसिंह महराले बताए । उनका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थी लाभान्वित हुने भएका छन् ।
विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या थियो । कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक राघवप्रसाद अवस्थीले भने, “प्रयोगात्मक कक्षा सञ्चालनका लागि विद्यालयको आन्तरिक आयस्रोतबाट खरिद गरिएका थोरै सामग्री पर्याप्त नहुँदा विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी दिन सकिने अवस्था थिएन । हाल विद्यालयको कक्षा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएका छन् ।” उच्च गतिको इन्टरनेटसमेत जडान गरी विद्यालयलाई सूचना प्रविधिसँग जोडिएको उनले बताए ।
यसैगरी, नगरपालिका–१० मा रहेको श्रीकृष्ण माध्यमिक विद्यालय र वडा नं ७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा सूचना प्रविधिका लागि कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतको व्यवस्था गरिएको छ । वडा नं ८ को सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा पुस्तकालय स्थापना गरिएको छ ।
सिद्धनाथ माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय बन्साहामा रु सात लाखको लागतमा बाससहितको शौचालय निर्माण गरिएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: