भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।
अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ । सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।
अस्पतालका अनुसार हाल ६३० बिरामीले यो सेवा लिइरहेका छन् । त्यस्तै विपन्न सेवामार्फत रु १६ करोडको निःशुल्क उपचार खर्चको सेवा प्राप्त गरेका छन् । सरकारले विपन्न एवं गरिब क्यान्सरका बिरामीका लागि रु एक लाख दिँदै आएको छ । अस्पतालमा उपचारका लागि आउने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु १६ लाख ९६ हजार र १५ वर्षमुनिका बालबालिकालाई रु एक करोड ६७ लाख ४१ हजार बराबरको निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ । सन् २०१९ मा बहिरङ्ग विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या एक लाख ४५ हजार ७७६ छ ।
अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले विपन्न सेवामा दिने अनुदानमा वृद्धि गर्नुपर्ने बताए । कार्यकारी निर्देशक गौतमले विपन्न सेवामा दिने अनुदानलाई सरकारले रु दुई लाख पुर्याउन सके क्यान्सरका बिरामीलाई सहयोग पुग्ने बताए ।
गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ । विश्वभरि क्यान्सरका विरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको सङ्ख्याको आधारमा नेपालमा तीव्ररुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकको भनाइ छ । क्यान्सरको उपचारका लागि विपन्न सेवामा रकम वृद्धि गर्नसके क्यान्सर लागेका बिरामी समयमै अस्पतालसम्म पुगे मृत्युदर पनि घट्ने चिकित्सकको अनुमान छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: