महोत्तरी । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि पिसीआर परीक्षण थालेको महोत्तरी जिल्लाको बर्दिवास अस्पताललाई पिपिइ बक्स सेट उपलब्ध भएको छ । शनिबार एक समारोहबीच पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठान बर्दिवासले स्वास्थ्यकर्मीको सुरक्षाकवच मानिएको पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) बक्स सेट उपलब्ध गराएको हो ।
कोभिड–१९ सङ्क्रमण रोकथाममा अग्रमोर्चामा रही काम गर्ने स्वास्थ्यकर्मीलाई स्वाब सङ्कलन गर्दा सङ्क्रमण जोखिम हुन नदिन उपयोगी हुने पिपिइ सेट बक्स प्रतिष्ठानका अध्यक्ष विष्णुबहादुर खड्काले प्रदान गरेका हुन् । शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्दा सेटबक्सभित्र रहेर काम गर्न सक्ने हुँदा यसको उपयोगले स्वास्थ्यकर्मी सङ्क्रमण जोखिमबाट बच्ने स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीको भनाइ छ । यो बक्ससेट रु ८० हजार मूल्यको बताइएको छ ।
बर्दिवास अस्पतालको नयाँ भवनमा बर्दिवास नगरपालिकाले आफ्नै तत्परतामा पिसीआर मेशिन जडान र सो सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको छ । गत भदौ १२ गतेदेखि पिसीआर परीक्षण थालेको बर्दिवास अस्पताललाई प्रतिष्ठानले उपलब्ध गराएको पिपिइ सेटबक्स महत्वपूर्ण साधन हुने बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए ।
अस्पताललाई यो सामग्री प्राप्त भएपछि स्वास्थ्यकर्मी सङ्क्रमण जोखिम कम हुने विश्वास गर्छन् । “सङ्क्रमण जोखिम घटाउन यो स्वाब सङ्कलनमा संलग्न स्वास्थ्यकर्मीका लागि महत्वपूर्ण साधन हो”, बर्दिवास नगरपालिकाले सञ्चालन गरेको कोभिड–१९ रोकथाम अभियानको सहसंयोजकसमेत रहेका स्वास्थ्यकर्मी रामबाबु यादव भन्छन्, “यो बक्सको सही प्रयोगले स्वाब सङ्कलनका क्रममा स्वास्थ्यकर्मीमा सङ्क्रमण हुने जोखिम अब धेरै कम हुनेछ ।”
बर्दिवासका उद्यमी व्यवसायी खड्काले आफ्ना दिवङ्गत मातापिताको सम्झनामा स्थापना गरेका प्रतिष्ठानले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम थालेको छ । गत सातामात्रै प्रतिष्ठानले बर्दिवास नगरक्षेत्रका निर्धन परिवारका जेहेन्दार विद्यार्थीलाई प्राविधिकधारको शिक्षाका लागि १५ जनालाई रु २५ लाख छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिसकेको छ । यसअघि गत जेठमा बर्दिवास नगरक्षेत्रमा कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढ्दा होटल व्यवसायी प्रतिष्ठानका अध्यक्ष खड्काले एक महिनासम्म क्वारेन्टिन सञ्चालनको सम्पूर्ण व्ययभार बहोरेको थिए ।
जताततै क्वारेन्टिन व्यवस्थापन राम्रो हुन नसकेको गुनासो बढेका बेला खड्काले त्यहाँ बस्नेहरुको खानपिन, बसाइ, आवश्यक सामग्रीको कुशल व्यवस्थापनमा देखाएका कौशलको बर्दिवास नगरवासीले सम्झना गर्ने गरेका छन् । खड्काले क्वारेन्टिन सञ्चालनमा देखाएका कौशल र तत्परता यस भेगमा राम्रो मानकका रूपमा स्थापित भएको बर्दिवास नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: