Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

टीकापुर मालपोत कार्यालयमामा कुपन सिस्टम लागू

टीकापुर । मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सेवाग्राहीका लागि कुपन सिस्टम लागू गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि यसअघि अपनाइएका सावधानीले सेवाग्राहीको भीड कम नभएपछि कार्यालयले कुपन सिस्टम लागू गर्ने भएको हो । मालपोत कार्यालयले दैनिक ३५ देखि ४० जना सेवाग्राहीलाई मात्र सेवा दिने गरी कुपन सिस्टम लागू गर्न लागिएको मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले जानकारी दिए । “यसअघि एक दिनमा एक स्थानीय तहका सेवाग्राहीको काम गर्दै आएका थियौँ”, कार्यालय प्रमुख चन्दले भने, “त्यो सम्भव देखिएन । सेवाग्राहीको भीड थेग्न सक्ने सामथ्र्य नहुँदा कुपन सिस्टम शुरु गर्नु परेको हो ।”

कुपन सिस्टम शुरु गरेपछि सेवाग्राहीले पहिलेको जस्तो हप्ता दिनसम्म सेवा लिनका लागि पर्खनु नपर्ने तर दिनमा ३५ देखि ४० वटा कुपनमात्र वितरण गरिने भएको हुँदा कार्यालयमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कार्यान्वयन हुने मालपोत कार्यालयको विश्वास छ । गत भदौ ४ गतेदेखि कैलालीमा भएको निषेधाज्ञा असोज १ गते खुलेसँगै मालपोत कार्यालयले हप्ताको ६ दिनमा एक स्थानीय तह रहने गरी समय निर्धारण गरेको थियो ।

आइतबार टीकापुर नगरपालिका, सोमबार लम्कीचुहा नगरपालिका, मङ्गलबार जानकी गाउँपालिका, बुधबार बर्दगोरिया गाउँपालिका, बिहीबार जोशीपुर गाउँपालिका र शुक्रबार महुन्याल गाउँपालिका र भजनी नगरपालिकाका सेवाग्राहीलाई सेवा दिने गरी सूचना जारी गरेको थियो । आइतबारदेखि लागू हुने गरी जारी भएको मालपोत कार्यालयको सूचना तीन दिन पनि टिकेन । “हामीले एक हप्ताका लागि यो सूचना जारी गरेको तर यसले समस्या समाधानभन्दा झनै बल्झायो”, चन्दले भने, “तत्काल उक्त सूचनालाई परिमार्जन गरेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरमात्र कार्यालय प्रवेश गरिदिन सेवाग्राहीलाई आग्रहसमेत गर्दछु ।”

पहिलेको सूचनाको चौतर्फी विरोध र आलोचना हुन थालेपछि मालपोत कार्यालयले नयाँ शैली अपनाएको हो । कुपन बिहान १० देखि साढे १२ बजेसम्म मात्र वितरण गरिने भन्दै कार्यालय प्रमुख चन्दले उक्त कुपन दोस्रो कार्यान्वयन नहुने जानकारी दिएका छन् । “कोरोनाका कारण सबैभन्दा जोखिमयुक्त क्षेत्र मालपोत पनि हो । देशैभरिका मालपोत कार्यालयहरुले आ–आफ्नो योजनाअनुसार स्वास्थ्य मापदण्ड अपनाई काम गर्दै आएका छन्”, कार्यालय प्रमुख चन्दले भने, “नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाउन पनि आवश्यक छ भने भीडभाड बढी हुने भएका कारण कर्मचारीहरु जोखिममा छन् ।”

उनले कुपन लिनका लागि सेवाग्राही स्वयम् लिखित फाइल वा निवेदन ल्याएर आउनुपर्ने भन्दै भनसुन र फोन सम्पर्कबाट कुपन रोक्ने काम नहुने बताए । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा सातवटा स्थानीय तहका सेवाग्राहीले मालपोत कार्यालय टीकापुरबाट सेवा लिँदै आएका छन् । त्यसमा पनि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाका सेवाग्राही भने अत्यधिक रहेको मालपोत कार्यालय प्रमुख चन्दले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending