Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

उत्पादित वस्तु बजारीकरण गर्न समस्या

रुकुम । रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन गरेका छन् । रुकुमको बाफिकोट गाउँपालिका–२ बाट दाङमा बसाइँ सरेका उनले व्यावसायिक गाई फार्म चलाएको चार वर्ष भयो । दुई बिघा जमीनलाई वार्षिक रु डेढ लाख तिर्ने शर्तमा भाडामा लिएका छन् ।

पाँचवटा उन्नत जातका गाईबाट व्यवसाय शुरु गरेका कुसारीका १० दुहुना गाई र छवटा भैँसीबाट दैनिक रु २५० लिटर दूध उत्पादन हुने गरेको उनले बताए । “आफैँले केही गर्नुपर्छ भन्ने सोच आएपछि इन्टरनेटमा हेरेर गाईका बारेमा अध्ययन गरेर कामको शुरुआत गरेको हुँ । कर्जामा शुरु गरेको व्यवसायले परिवारको पालनपोषण, शिक्षादीक्षाको खर्च धान्दै महिनावारी कर्जा चुक्ता गर्दै आइरहेको थिएँ”, उनले भने । व्यावसायिक रुपमा काम गर्न थालेपछि राम्रो आम्दानी भएको थियो तर छ महिना लामो बन्दाबन्दीका कारण दानाको अभाव र दूधको बिक्री नहुँदा उनलाई निकै चिन्तित तुल्यायो ।

आत्मविश्वास र दृढ सङ्कल्पका साथमा काम गरे आफ्नै मेहनतले सुन फलाउन सकिन्छ भन्ने भनाइलाई पूरा गरेका छन् , घोराही उपमहानगरपालिका–६ चैनपुरका खडकबहादुर वली र दिलबहादुर वलीले । देउराली बहुउद्देश्यीय कृषि फार्मको नामबाट व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन शुरु गरेर वली दाजुभाइ सबैलाई प्रेरणाको स्रोत बनेका छन् ।

घर नजीकैको आफ्नो जमीन र अलिकति भाडाको जमीनलाई जोडेर डेढ बिघामा व्यावसायिक रुपमा कुखुरा पालन गरेका छन् । उनले रु २० लाख लगानी गरेर एक हजार कुखुरा अटाउने खोर बनाएका छन् । दुई लटको कुखुरा बुटवल र अर्घाखाँचीमा बिक्री गरेका उनीहरुले अहिले भने बजारको समस्याका कारण व्यवसाय नै धरापमा परेको खडकबहादुरले बताए । बजारको राम्रो व्यवस्थापन नहुँदा सोचेजस्तो आम्दानी नभएको उनको भनाइ छ । कृषि तथा पशुपालनको उत्पादनलाई स्थानीय तहले उचित मूल्यमा खरिद गर्ने र बजारीकरणको व्यवस्था हुने हो भने व्यवसायमा धेरैको आकर्षण हुनसक्ने दिलबहादुरको धारणा छ ।

युवाहरुलाई कृषिमा संलग्न गराउने उद्देश्यले घोराही उपमहानगरपालिकाले बजेट छुट्याएको बताए, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी । “कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि सारेका छौँ। ‘एक वडा एक उत्पादन’को कार्यक्रमलाई निरन्तरता दिँदै तरकारी बजारको व्यवस्था गरेका छौँ”, उनले भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending