Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

बिगत लामो समयदेखि एक सय घरधुरी अन्धकारमा बस्न बाध्य

तनहुँ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्न समस्या हुनुका साथै विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

सदरमुकाम दमौलीदेखि करिब १५ किलोमिटर दूरीमा रहेका व्यास नगरपालिका–१४ मास्दीघाट क्षेत्रका ५० घरधुरीमा विद्युत् पुर्याउन पोल गाडिएको भएपनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण तार झुण्डयाउने कार्य अघि बढाउन नसकिएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । उनले भने, “गत मङ्सिर महिनामा पोल गाडेर असार मसान्तसम्म विद्युत् जडान सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि मुलुकमा जारी बन्दाबन्दीका कारण काम रोकिएकाले विद्युत् पु¥याउन सकिएको छैन् ।” मास्दीघाट आसपासका बजार क्षेत्रमा नौ वटा सोलार बत्ती जडान गरेर उज्यालो बनाइए पनि अन्य क्षेत्रका बासिन्दा अन्धकारमय जीवन बिताउँदै आएको उनको भनाइ छ ।

त्यसैगरी, बन्दीपुर गाउँपालिका–६ का खहरे, थुमथुमे र ढाब लगायतका बासिन्दा पनि वर्षैदेखि अन्धकारमा बस्न बाध्य छन् । दमौली हुँदै चितवन जोडिने बुद्धसिंमार्ग नजिक बसोबास गर्दै आएका बासिन्दाको घरमा बत्ती जडान कार्य नभपछि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । उक्त क्षेत्रमा पनि विद्युत् पोल गाडिएको तर तार झुण्डयाउने कार्य बाँकी रहेकाले विद्युत् पुर्याउन नसकिएको वडाध्यक्ष सन्तबहादुर गुरुङले बताए । उनले अब छिट्टै तार झुण्डयाउने कार्य अगाडि बढाउने बताए ।

तनहुँ जलविद्युत् आयोजनाले उक्त क्षेत्रमा विद्युत् जडानको जिम्मा पाएको र ठेक्का प्रक्रिया समेत पूरा भइसकेकाले छिट्टै काम शुरु हुने विश्वास गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाको छ । “बन्दाबन्दीका कारणले पनि काममा ढिलाइ भएको हुन सक्छ”, उनले भने, “चालु आर्थिक वर्ष भित्रै बत्ती बाल्ने गरी काम गर्न आयोजनासँग पटक पटक आग्रह गर्दै आएका छौं ।” उक्त क्षेत्रमा विद्युत् सेवा पुर्याउन सकिए गाउँपालिकालाई अन्धकारमुक्त पालिका घोषणा गर्न सकिने उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: