Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’

तुलसीपुर । सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका छन् । क्वारेन्टिन भएका विद्यालयमा निर्मलीकरण गरिएको भए पनि अभिभावक तथा विद्यार्थीहरु हिच्किकाउने गरेको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताए ।

लामो समयको बन्दाबन्दी हुनु र जेठ १० गतेदेखि विद्यालयमा क्वारेन्टिन बनाएको हुँदा विद्यालयमा भर्ना हुने सङ्ख्यामा पनि कमी आएको उनको भनाइ छ । “यो समयमा १५/१६ सय विद्यार्थी भर्ना हुनुपर्ने हो तर अहिले जम्मा छ÷सात सय मात्रै विद्यार्थी भर्ना भएका छन्”, उनले बताए ।

विद्यालयमा निर्मलीकरण गरिएकाले कुनै पनि जोखिम नहुने भन्दै यस विषयमा विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरेको भए पनि विश्वासको वातावरण बन्न नसकेको जनता सँस्कृत मावि बिजौरीका प्रधानाध्यापक पद्मबहादुर रावतले बताए । “हामीले विद्यार्थीको घरघरमा गएर भर्ना गरिरहेका छौँ”, उनले भने, “अभिभावकहरुले क्वारेन्टिन भएको विद्यालयमा भर्ना गर्न असहज मान्नुहुन्छ ।”

त्यस्तै गुरुजजुर मावि तुलसीपुरमा पनि क्वारेन्टिन बनाइएको थियो । त्यहाँ पनि भर्ना हुन समस्या भएको छ । सबैले क्वारेन्टिन राखेका विद्यालयमा कोरोना सर्ने त्रास हुन्छ भनी गाउँमा हल्ला गर्ने गरेको भए पनि आफूले भने निर्मलीकरण गरेकाले कुनै समस्या नहुने भनी सबैलाई बुझाउने गरेको मावि सेन्टरकी छात्रा सरिता भण्डारीले बताए । लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीको सिर्जनशीलतामा वृद्धि नभएको उनले गुनासो गरेको छन् ।

तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा भर्ना भए पनि टोल–टोलमा गएर सामाजिक दूरी कायम गरेर पढाउने नीति अघि बढाएको छ । सोहीअनुसार विद्यालयले गतिविधि अघि बढाएका छन् । जिल्लाका क्वारेन्टिन भएका अधिकांस विद्यालयलाई खाली गरी निर्मलीकरण गरिएको छ ।

अहिले क्वारेन्टिमा बस्नेको सङ्ख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले एकै स्थानमा राखिने र विद्यालयलाई भने खाली गरिएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताए । कुनै विद्यालयमा विद्यार्थी कम छन्, भने एउटा बेन्चमा एउटा विद्यार्थी राखेर पठन–पाठन गराउन सकिने र बढी विद्यार्थी भएकामा टोल–टोलमा गएर पढाउन सकिने उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending