Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जिल्ला बाहिर दूध बिक्री हुँदा किसान उत्साहित

दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ चाल्ने चौताराका भगिराम विकको घरमा उत्पादित दूध बिक्न थालेको छ । यसअघि सके खाने नभए घ्यू उत्पादन गर्ने गरेका विकले अब सोझै दूध बेच्न थालेका छन् ।सोही ठाउँ बस्ने तुलाराम कँडेलले पनि दूधबाट आम्दानी गर्न थालेका छन् । यसअघि घरमै खाएर सकिने दूध अब बजार जान थालेको छ । घरमा उत्पादन भएको दूध घरबाटै बिक्री हुन थालेपछि कँडेल उत्साहित छन् ।

विक र कँडेल मात्रै होइन, यहाँका पाँच सय किसानको दूध घरबाटै बिक्री शुरु भएको छ । नजिक बजार नभएका कारण दूध बिक्री गर्न नपाएका किसानले अब दूध बिक्री गर्न थालेका छन् । “अब दूध बिक्री शुरु भयो, हाम्रो निर्वाहमुखी पेशा व्यावसायिक बन्छ होला”, विकले भने, “हातहातै आम्दानी हुने भएपछि हामीलाई व्यावसायिक बन्न कर लाग्ने भयो ।”

टाउकोमा घ्यूको कन्टर बोक्दै खाली खुट्टा नेपालञ्ज र बर्दियाको राजापुरसम्म पुगेर विक्री गरी नुन र लत्ताकपडा ल्याउँदै गरेका ५२ वर्षीय विक अहिले घरमै दूध लिन गाडी आएपछि निकै खुशी छन् । आफ्नो पालामा यसरी दैलोमै गाडी आएर अन्त जिल्लामा विक्री होला भनेर कल्पनासमेत नगरेका विक अहिले आफूले पालेको भैँसीको दूध दिनहुँ डेरीमा विक्री गर्दछन् र महिनाको १५ दिन पुग्ने बितिकै हातमा नगद पाउँदा उत्साहित भएका छन् ।

चाल्नेचौताराका पाँच सय घरपरिवारले बाउबाजेको पालादेखि दूध विक्री नभएपछि घ्यू बनाउने र विक्री गर्ने चलन थियो । “गाडी घरमै आउँदा निकै सजिलो भएको छ”, ४९ वर्षीय कँडेलले भने, “विगतमा एक वर्षमा एकपटक कन्टरमा जम्मा गरेर हाटबजारमा विक्री गर्ने यहाँको चलन थियो, पछि सडक सहजता भएसँगै डब्बामा झ¥र्यो र अहिले घरबाटै विक्री हुन पाएको छ ।”

यहाँका किसानले दूध विक्री गरेर मासिक रु दश लाखभन्दा बढी गाउँ भित्र्याउन सफल भएका छन् । अहिले दैनिक एक सय जना किसानले मात्र दूध ल्याउने गरेको चामुण्डामाई सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार सृजन सहकारी र सुर्खेत डेरी मर्जभएर स्थापित चामुण्डा माई सहकारी संस्थाले यहाँको किसानको दूध किन्न शुरु गरेको छ । चिलिङ भ्याट स्थापना गरेको सहकारीले गाडीमार्फत गाउँगाउँको दूध बजार सङ्कलन गर्न थालेको हो । परम्परागत रुपमा भैँसी पालन गर्दै आएका ५०० परिवारमध्ये विपन्न परिवारको छनौट गरी एक सय भैँसी प्रदेश सरकारको सहयोगमा वितरण गरेको छ ।

स्थानीय पालिका र कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्र्तगत दैलेखको पशुसेवा तथा पशु अस्पताल, सृजन सहकारी र सुर्खेत डेरीको संयुक्त साझेदारीमा भकारो सुधारलगायतका काम शुरु भयो । पशुसेवा कार्यालयको रु एक करोड तथा पशु अस्पताल दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको रु ३१ लाख, सुर्खेत डेरीको रु ६ लाख र स्थानीय सहकारीको रु ३० लाखको साझेदारीमा यो काम शुरु गरिएको हो । काम सम्पन्न भएको दुई महिनाबाटै प्रतिफल प्राप्त भएको छ । अहिले दूध विक्रीबाट गाउँमा रु दश लाख आएको अध्यक्ष रावतले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending