Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

निद्रा बिथोल्ने भेरीले कुदुको चित्त कहिले बुझाउला ?

सुर्खेत । घर आँगनमै मौसमअनुसारको बैँस निकाल्ने भेरी नदी एकनासले बगेको छ । कहिले गाउँभरिको निन्द्रा बिथोल्ने सुसाइ त कहिले कहिले शान्तरूपमा बग्ने भेरी नदीले कुदुवासीको तिर्खा भने अहिलेसम्म मेट्न सकेको छैन ।

जाजरकोट सदरमुकामको मुटुमै मात्र होइन, रुकुम पश्चिम जाने मूलबाटोका रूपमा रहेको भेरी नगरपालिका–१३ मा पर्ने कुदु छिन्चु–जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडकले ओगटेको भूभाग पनि हो । मध्यपहाडी लाकमार्गले समेत कुदुलाई अँगालो हालेर जगतीपुर हुँदै दैलेख जोड्ने गरी काम जारी छ । सडकको ‘हव’का रूपमा स्थापित भए पनि खानेपानीको अभावमा यहाँका सर्वसाधारणको पीडा देखिसक्नु छैन । कुदुमा जिल्लाभरिलाई पुग्ने समथर भूभाग भए पनि सिँचाइको अभावमा सदुपयोग नहुँदा जिल्लावासीले बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने बाध्यता छ ।

प्रत्येक दिन भेरी नदीको किनारबाट धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी काली विक पानीको दुःख हेरेर दिक्क भइसकेको बताउँछन् । “स्वास्थ्य सेवा र सडक भएर मात्र के गर्ने रु फोहोर पानी पिउँदा हप्तामा एक पटक आफन्त बिरामी हुन्छन्, जानीजानी फोहोर पानी पिउनै पर्ने बाध्यता छ । वर्षायाम भन्दा हिउँदमा भेरी नदीको पानी सफा हुन्छ, त्यतिबेला सजिलो पनि हुन्छ”, उनी भन्छन् ।

आँखाले सङ्लो देखिने पानीलाई सफा भनेर पिउँदै आएका कुदुवासीले शुद्ध पानीका लागि धेरै ठाउँमा गुहार मागे पनि खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका रविन विकले बताए ।

“भेरीमै हामीले पानी भरेर लिएको तपाइँहरुले देख्नुभएको छ, फोटो खिच्नुहोस् र नेताहरुलाई जसरी नि देखाउनुहोला”, यो भन्दै गर्दा रविनको अनुहारमा केही आशा र आक्रोश व्यक्त भएको देख्न सकिथ्यो । “अझै पनि भेरी नदी सुकेको छैन, केही व्यवस्थापन छिटो गरे अर्को पुस्ताले दुःख नभोगोस्, यही हाम्रो चाहना छ”, उनले भने ।

उनका अनुसार गाउँमा रहेको एउटा कुवामा बिहानदेखि राति अबेरसम्म पानी लिने सर्वसाधारणको ठूलो लस्कर लागेको हुन्छ । सोही कुवा नजिकै सडक भएकाले गाडीवालाहरु कुवामा पानी भर्न आएका मानिसहरुको भीड देख्दा मेला छ की भनेर कयौँ पटक गाडी रोकेर हेर्ने गरेको समेत स्थानीयवासीहरु बताउँछन् ।

यही वडाबाट प्रतिनिधित्व गर्ने अधिकांश नेताहरु केन्द्रीय राजनीतिमा पुगेको भए पनि आफ्नो माग पूरा नहुँदा नमिठो लागेको सर्वसाधारणको गुनासो छ । कुदुमा पानीको समस्या नौलो नभएको स्थानीयवासीहरु बताउँछन् । “जुन दिनदेखि यहाँ बस्ती बस्यो सोही दिनदेखि पानीको कुरा उठ्यो तर कहिले सुनुवाइ भएन”, कुदुका शेरबहादुर बस्नेतले भने ।

भेरी नगरपालिकाको रु ५० लाख लगानीमा निर्माण भएको बोरिङ मेसिनबाट पानी निकाल्ने काम अहिले एक घण्टा पनि सञ्चालन हुन नसकेको सर्वसाधारण बताउँछन् । विद्युत आपूर्ति भएमा मात्र सो पानी सञ्चालनमा आउने गर्दछ । एक घण्टा मात्र आउने पानीले कुदुका सर्वसाधारणलाइ छेउ टुप्पो केही नपुग्ने उनीहरुको प्रतिक्रिया छ । झण्डै २०० घरधुरी रहेको कुदुमा उक्त पानी हातीको मुखमा जिरा भएको स्थानीयवासीहरु बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: