Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अति विपन्न दलित परिवारका घर निर्माण

फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ र २ का अति विपन्न ६ घर दलित परिवारको सरकारले घर निर्माण गरिदिएको छ । फाल्गुनन्द एक, नवमीडाँडाका तीन र वडा नं २ इम्बुङका तीन घर विपन्न दलितको जनता आवास कार्यक्रमअन्तर्गत सरकारले घर निर्माण गरिदिएको हो । प्रदेश नं १ को शहरी विकास तथा भवन निर्माण आयोजनाबाट प्रत्येक घर रु तीन लाख ३२ हजार ५०० को लागतमा निर्माणसम्पन्न भएको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुङ्वाङले जानकारी दिए ।

फाल्गुनन्द–१ र २ का अति विपन्न ६ घर दलित परिवारको घर निर्माण भइसकेको अध्यक्ष कुरुङ्वाङले बताए । फाल्गुनन्द–१ नवमीडाँडाका भवानीबहादुर दर्जी, कमलबहादुर दर्जी र पूर्णबहादुर विश्वकर्माको घर निर्माण भएको छ । यस्तै फाल्गुनन्द–२, इम्बुङका मीरा बाग्दश, धनबहादुर दर्जी र धनराज दर्जीको घर निर्माणसम्पन्न भएको हो । सरकारले घर निर्माण गरिदिएपछि विपन्न वर्गका उनीहरु हर्षित भएका छन् । गरिबीकै कारण बस्ने राम्रो घर नभएको र चुहिने छानो भएको घरमा सुत्न, बस्नसमेत ढुक्कले राम्ररी नपाइरहेको बेला सेरकारले घर निर्माण गरिदिएर गरिबहरुलाई राहत प्रदान गरेको कमलबहादुर दर्जीकी श्रीमती फूलमाया दर्जीले बताए । उनले भने, “हाम्रो लागि पनि सरकार छ भन्ने आभास भएको छ, सरकारले घर निर्माण गरिदिएर हाम्रा निम्ति ठूलो राहत प्रदान गरेको छ ।”

सरकारले घर निर्माण गरी दिएपछि विपन्न वर्गका पूर्णबहादुर विश्वकर्मा पनि खुशीले दङ्ग छन् । “घर बनाउन सक्ने अवस्था थिएन, सरकारले घर निर्माण गरिदिएकाले हामी हर्षित भएका छौँ”, उनले भने, “सरकारले यतिका खर्च गरेर घर निर्माण गरेर हामी गरिबको उद्धार गरेको छ ।” यस्तै सरकारले घर निर्माण गरिदिएपछि फाल्गुनन्द–१ का भवानीबहादुर दर्जीले समेत खुशी व्यक्त गरे । उनले भने, “हामी विपन्नको घर बनाउने अवस्था थिएन, बालबच्चाहरु धेरै, सरकारबाट घर पाइयो, बसियो, आनन्द भयो, एकदम गौरव लागेको छ ।”

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु प्राविधिक मापदण्डबमोजिम नै निर्माणसम्पन्न भएको फाल्गुनन्द–२ का वडाध्यक्ष बहादुरसिंङ नेम्वाङले बताए । वडा नं। २ मा निर्माण गरिएका घरहरु गुणस्तरीय सामग्रीको प्रयोग गरी प्रभावकारी ढङ्गले निर्माण गरिएको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending