खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन सञ्चालनमा आएको छ ।
विद्युत् अभावमा गत चैतदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । “विद्युत् अभावमा टेलिफोन गर्न दिउँसोको घाम पर्खनुपर्ने थियो”, उनले भने, “केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान भएपछि अहिले जुनसुकै समयमा टेलिफोन सम्पर्क गर्न सकिने भएको छ ।”
धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि जिल्लाको उत्तरी क्षेत्रका टेलिफोनका सेवाग्राहीलाई सहज भएको छ । दुई वर्षअघि जडान गरेर सञ्चालनमा ल्याइएको टेलिफोन टावर यसअघिसम्म दैनिक बिहान दश बजेदेखि बेलुका पाँच बजेसम्म मात्र सञ्चालन हुँदै आएको थियो ।
थ्री–जी सेवा सञ्चालन हुँदै आएको उक्त टेलिफोन टावरमा केहि दिनभित्रै फोर–जी सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले बताए । “फोर–जी सेवा सञ्चालनका लागि प्राविधिक कामहरु बाँकी नै छ”, उनले भने, “प्राविधिक समस्या हल गरेर चाँडै फोर–जी सेवासमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।”
धिर्नुडाँडाको टेलिफोन टावरले केपिलासगढी गाउँपालिकाको सबै वडा तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा समेत काम गर्ने टेलिकमले जनाएको छ । जिल्लामा सञ्चालित सबै टेलिफोन टावरमा फोर–जी सेवा सञ्चालन गर्नेगरि तयारी भइरहेको टेलिकमले जनाएको छ ।
स्थानीय हाइड्रोपावरमार्फत दुई वर्षअघि सञ्चालनमा ल्याइएको उक्त टेलिफोन टावरमा गत चैतदेखि पावर पुर्याउन नसकिएको जनाइएको छ । टेलिफोन टावरमा जडान गरिएको सोलारले समेत दिउसोबाहेक अन्य समयमा काम गर्न छाडेपछि सेवाग्राहीहरुले करीब छ महिनादेखि टेलिफोनको समस्या झेल्दै आएका थिए ।
यसैबीच, दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष १४ ठाउँमा टेलिफोन टावर जडानको काम भइरहेको टेलिकमले जनाएको छ । बाम्राङ, बराहपोखरी, बतासे, बुइपा, डाँडागाउँ, दिक्तेल, खार्पा, पाथेका, दुवेकोल, ऐसेलुखर्क, देविथान, बाँझेच्यानडाँडा, दोर्पाआहाले र डम्वरखुशिवालयमा जडानको काम भइरहेको हो ।
डाँडागाउँ र ऐसेलुखर्क बाहेक अन्य स्थानमा जडान गरिएको टावरको काम अन्तिम चरणमा पुगेको टेलिकमले जनाएको छ । अहिले जडान भइरहेको टावरमा फाइबरमार्फत फोर–जी सेवाको कामसमेत भइरहेको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि १४ ठाउँमा जडान गरिएको टेलिफोन टावरमार्फत टेलिफोन सेवा सञ्चालनमा छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, हलेसी, बाक्सिला, खोटाङबजार, ऐसेलुखर्क र सिम्पानीमा ल्याण्डलाइन सेवासमेत सञ्चालनमा रहेको टेलिकमले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: