काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो ।
सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए । उनले भने, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उहाँले जानकारी गराए ।
सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघिदेखि चोखोनितो गरेर बसेका आठ पानेजुले किस्ली अर्थात् माटोको पालामा राखेको अक्षता, केही पैसाका डबल र सुपारी करुणामयलाई चढाएर त्यसपछि पालैपालो ढोगेर ‘हामीले यहाँबाट हजुरलाई आज बुङ्मती प्रस्थान गराउन लाग्यौँ’ भन्नुपर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए। उनले भने, “गुरुज्यूको पल्टन र सुरक्षाकर्मीसहित पानेजुले खटमा बोकेर मच्छिन्द्रनाथलाई बुङ्मती लानेछन् ।” यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझै गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याउन सम्भव नभएकाले बुङ्मतीको हयंग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले यही भदौ १८ गते नै क्षमापूजा गरिसकेको शाक्यले जानकारी गराए ।
यसैगरी मीननाथको रथ भने गाःबहालबाट टङ्गालसम्म तानेरै लग्ने चलन रहेको १९ औं जातीय खलःपुचःका संयोजक चन्द्र महर्जनले बताए। आर्यावलोकितेश्वरलाई भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथयात्रा र गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: