काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले सुधार आइ एक हजार ४९५.१५ मा पुगेको छ । सोमबार दोहोरो अङ्कले गिरावट हुँदा नेप्से एक हजार ४८७.८१ अङ्कमा पुगेको थियो । यस्तै आइतबार पनि १०.४५ अङ्कले घटेर नेप्से एक हजार ४९९.९७ मा सीमित भएको थियो ।
नेप्सेमा सुधार आए पनि कारोबार रकम भने पौने दुई अर्बमा सीमित भएको छ । आज कूल १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर रु एक अर्ब ७९ करोड ८३ लाख ६३ हजार ६३ मा खरिदबिक्री भयो । कारोबार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २.५८ र होटल उपसमूहको शेयर ४.९६ अङ्कले घटेको छ । यस्तै व्यापार ८१.३, विकास बैंक ७.०४, जलविद्युत् २१.१, वित्त ४.४९, निर्जीवन बीमा ७३.४३, उत्पादन ८०.६४, अन्य १२.५६, लघुवित्त १९.१६, जीवन बीमा ४८.५९ र सामूहिक लगानी कोषको एकाइ ०.०१ अङ्कले बढेको छ ।
कारोवार रकमका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु २७ करोड ५५ लाख ३९ हजार ९६७ बराबरको शेयर खरिद बिक्री भयो । यस्तै नागरिक लगानी कोष रु १२ करोड २२ लाख ९६ हजार २७७, नेको इन्स्योरेन्स रु नौ करोड ९१ लाख ९० हजार २१०, शिवम् सिमेन्ट्स प्रालि रु आठ करोड २८ लाख ४९ हजार १४२, चिलिमे जलविद्युत् कम्पनी रु आठ करोड २६ लाख १८ लाख ३८३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु चार करोड ९७ लाख ५५ हजार ४४५, मञ्जुश्री फाइनान्स रु चार करोड ३८ लाख ६५ हजार ८०१, नेपाल बैंक लिमिटेड रु चार करोड एक हजार ५४२ र शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड ६४ लाख २८ हजार ८४७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो ।
साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले आज सबैभन्दा बढी ९.९९ प्रतिशतले कमाए । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था ९.९३, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९१, जोशी हाइड्रोपावर ९.३०, चिलिमे हाइड्रोपावर ६.९०, नागरिक लगानी कोष र मञ्जुश्री फाइनान्स समान ६.३४र६.३४, घोडीघोडा लघुवित्त वित्तीय संस्था ६.१९, आशा लघुवित्त वित्तीय संस्था ६.०७ तथा रिलायन्स लाइफ इन्स्योरेन्सका शेयरधनीले ५.५९ प्रतिशतले कमाए ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ९.८६ प्रतिशतले गुमाए । यसैगरी पञ्चकन्यामाइ हाइड्रोपावर ६.३२, आँखुखोला जलविद्युत् कम्पनी ५्९७, घलेम्दी हाइड्रो ४.४१, युनिभर्सल पावर कम्पनी ३.९६, रैराङ हाइड्रोपावर ३.६७, दिव्यश्वरी हाइड्रोपावर ३.५१, पाँचथर पावर कम्पान्ट २.९९, युनाइटेड मोदी हाइड्रोपावर २.६८ र पोखरा फाइनान्सका शेयरधनीले २.६५ प्रतिशतले गुमाए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: