नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन ९भर्चुअल० वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए।
“अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।”
मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्नुभयो । मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
“कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ । विश्वस्वास्थ्य सङ्गठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ । स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न । शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ ।”
मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए । “सङ्कटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ । पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ”, मन्त्री पाखेरेलले भने“भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिले सहज हुने रहेछ । अब वैकल्पिक प्रणाली बनाउँदै विद्यार्थीको सिकाइलाई प्राथमिकता दिइनेछ ।”
मन्त्री पोखरेलले पोष्टबहादुर बोगटी शिक्षालय नुवाकोटमा सञ्चालन गर्न लागिएको जानकारी दिँदै जागृत नुवाकोट र सचेत नुवाकोट बनाउनको लागि आफू लागि परिरहेको समेत बताउनुभयो । कार्यक्रममा नुवाकोट क्षेत्र नं १ का सांसद हितबहादुर तामाङ, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, जिल्ला समन्वय समितका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले जोखिम कम भएको र थोरै विद्यार्थी भएका विद्यालयमा सुरक्षाको मापदण्ड पूरा गरेर भौतिकरुपमा उपस्थित गराएर र अन्य विद्यालयमा वैकल्पिक विधीबाट शिक्षण क्रियाकलाप अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: