सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ ।
प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको थियो । सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ ।
एक महिनाअघि सम्म कूल सङ्क्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल सङ्क्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् ।
यद्यपि दैनिक रुपमा सङ्क्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय सङ्क्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ । एक महिनाअघि कूल सक्रिय सङ्क्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय सङ्क्रमित बिरामी पनि बढी भेटिने गरेका छन् ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको सङ्क्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ ।
तोकिएको मास्क प्रयोग नगरी जथाभावी रुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका–५ का दुई टोलमा सिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना सङ्कलन र परीक्षणसमेत भइरहेको छ ।
पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड—१९ को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर छ । प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउछन् । उनले भने, “सङ्क्रमित हुनेमध्ये अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएका युवा उमेरका व्यक्ति भएको र दीर्घरोग लागेका व्यक्ति त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित नहुनुले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा जटिलता देखिएको छैन ।” सङ्क्रमित एक जनालाई दुई दिनदेखि अस्पतालको आइसियुमा राखेर उपचार व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: