सिन्धुपाल्चोक । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले लिदी पहिरो विस्थापितलाई राहत हस्तान्तरण गरेका छन् । होप एयरलाइन्स र होपमिन फेमिलीलगायत समाजसेवी वाङचुक राप्तेन लामाले उक्त राहत सामग्री सहयोग गरेको हो ।
एक सय ७२ घरधुरीलाई वितरण गरिएको उक्त राहतमा प्रतिघर चामल २५ केजी, दाल पाँच केजी, नुन दुई प्याकेट, तेल चार लिटर, चिनी दुई केजी, चियापत्ती एक प्याकेट वितरण गरिएको हो । जिल्लाको जुगल–३ लिदीमा गत साउन ३० गते गएको पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् भने अझै तीन जना बेपत्ता छन् ।
पहिरोपीडितका लागि पर्साको ठोरी–४ मा गठन भएको राहत सङ्कलन समितिले रु छ लाखभन्दा बढी सङ्कलन गरी सहयोग गरेको छ । शनिबार बिहान पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल –१ स्थित बाँसखर्क पुगेर रु छ लाख ४३ हजार नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले जानकारी दिए।
यही भदौ २ गते वडा नं ४ को घ्याङडाडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले पहिरोमा परी घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकालाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन अभियन्ताको रूपमा १३ सदस्यीय समिति गठन गरेको थियो । समितिले समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिए ।
पहिरोले पूर्णरूपमा घर क्षति भएका र आफन्तसमेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजार, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५०० का दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ । समितिमार्फत सङ्कलित रकम शनिबार प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताए। साउनको ३० गते लिदीमा गएको पहिरोमा परेर ३७ ले ज्यान गुमाएका थिए भने ३७ घर पुरिएका थिए । अझै दुई जना बेपत्ता छन् ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाका पहिरोपीडितलाई राहत वितरण गरिएको छ । तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाले रु एक लाख ६० हजार वितरण गरिएको अभियन्ता कृष्ण तामाङले जानकारी दिए। तामाङ सोसाइटी अफ ग्रेटर वासिङ्टन परिवार अमेरिकाका सचिव हेमकला तामाङ अभियन्ता रत्न तामाङ र सुनिता तामाङले सङ्कलन गरी पठाएको रकम कृष्ण तामाङको तेतृत्वमा कलाकार बैरागी तामाङ, केशरी तामाङलगायतको समूहले पीडितलाई बुझाएको तामाङले बताए। पहिरोकै कारण मृत्यु भएका परिवारलाई रु १० हजार र घर ढलेका परिवारलाई रु पाँच हजारका दरले सहयोग गरेको तामाङले जानकारी दिनुभयो । गाउँपालिकाका बरुवाका ११ तथा तिपेनिका २० घर गरी ३१ घरपरिवारलाई रकम बुझाइएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: