Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

फस्र्ट माइक्रोफाइनान्सद्वारा ५ अर्ब ५९ करोड लघुकर्जा प्रवाह

काठमाडौँ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रु १३ करोड ९७ लाख २७ हजार खुद नाफा कमाएको छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब २३ करोड ऋण सापटी लिएर साझेदार ऋणी संस्थामार्फत पाँच अर्ब ५९ करोड विपन्न वर्गमा लघु कर्जा प्रवाह गरेको फस्र्ट माइक्रोफाइनान्सका कामु प्रमुख कार्यकारी अधिकृत दानराज पन्तले बताए । संस्थाले गत असार मसान्तसम्म ७७ जिल्लामा कार्यक्षेत्र भएका ११९ साझेदार संस्थामार्फत ४६ जिल्लाका विपन्न परिवारका एक लाख बढी सदस्यलाई आयआर्जन तथा जीविकोपार्जन गतिविधिमा लघु कर्जामार्फत सहयोग गरेको छ ।

फस्र्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट वोनश शेयर नौ दशमलव ५० प्रतिशत र नगद लाभांश चार दशमलव १८ गरी लाभांश १३ दशमलव ६८ प्रतिशत प्रस्ताव गरेको छ । “ काममा प्रभावकारिता र प्रतिस्पर्धी क्षमता बढाएर अझै लघुवित्तको क्षेत्रमा परिणाममुखी काम गर्न क्रियाशील छौँ”, कामु प्रमुख कार्यकारी अधिकृत पन्तले भने । यसको अधिकृत, जारी तथा चुक्ता पुँजी ८० करोड सात लाख ४० हजार ७४६ छ भने प्रवद्र्धक शेयरधनीमा ग्लोबल आइएमई।, प्रभु, कुमारी बैंक, आइसीएफसी फाइनान्सलगायत छन् । संस्थाले ऋणी साझेदार संस्थामार्फत विपन्न वर्गमा कर्जा प्रवाह गरी न्यून आय भएकाको जीवनस्तर उकास्न सहयोग पुर्याउने गरी काम गर्दै आएको छ । घ वर्गका लघुवित्त वित्तीय संस्था, वचत तथा ऋण, बहुउद्घेश्यीय र साना किसान सहकारीलाई यसले थोक लघुकर्जा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को राहत योजना अन्तरगत राष्ट्र बैंकले सम्बन्धित संस्थाका आफ्ना ऋणीलाई व्याज छुट दिन गरेको निर्देशन बमोजिम फस्र्ट माइक्रोफाइनान्सले ऋणीको खातामा छुट रकम उपलब्ध गराएको जनाइएको छ । यस्तै साझेदार संस्थालाई धितोमा आधारित लघु उद्यम कर्जा लगानी, भाखा नाघेको कर्जा व्यवस्थापन तथा सम्पत्ति शुद्धिकरण निवारण ऐनको अनुपालना, सहकारी संस्थामा कर्जा जोखिम तथा भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयमा तालीम तथा अन्तक्र्रिया सञ्चालन गरेको छ । यसले साझेदार संस्थाका कर्मचारीको सम्बन्धित विषयमा विश्लेषण गर्ने क्षमता बढेर विपन्न परिवारलाई गुणस्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्न सहयोग पुगेको कामु प्रमुख कार्यकारी अधिकृत पन्तले बताए ।

फाइनान्सले सामाजिक उत्तरदायित्वअन्र्तगत एसइईमा उत्कृष्ट अङ्क ल्याउने साझेदार संस्थाका १० विद्यार्थीलाई जनही १० हजार, उत्कृष्ट २० लघु उद्यमीलाई १० हजार, स्वस्थ्य शिविरमा एक लाख ४९ हजार र तिलगङ्गा आँखा अस्पतालका बिरामीलाई।३५ थान ब्ल्याङकेट प्रदान गरेको छ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको कार्यक्रम व्यवस्थापनमा फर्निचर, प्रदेश नं ५ र ६ का विपन्न परिवारलाई कोरोना भाइरसको जोखिमबाट बचाउन रु एक लाख आठ हजारको स्वास्थ्य सामग्री तथा प्रदेश नं १ मा पिसिआर परीक्षण मेशिन किन्न एक लाख सहयोग गरेको छ । त्यस्तै गत आवसम्म संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु १९ लाख ६२ हजार सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण कोषलाई प्रदान गरिएको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending