खोटाङ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२) मा सव–बेस बिच्छ्याउन पाखाबाट ल्याइएको गिटीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताए । “सडकको पर्खाल निर्माणको काममा भित्तामा पाइने रातो रङ्गको ‘गेगरे र खस्रो’ माटोलाई बालुवाका रुपमा प्रयोग गरिरहेको पाइयो”, उनले भने, “डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको गिटीलाई प्रयोग गरिरहेको पाएपछि रोक लगाइएको छ ।”
निर्माण कम्पनीका प्रतिनिधि नवीन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग भइरहेको दाबी गरे । निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर बिन्देश्वर साहले पनि गुणस्तरहीन गिटी तथा बालुवा प्रयोगका विषयमा जानकारी नभएकोे बताएका छन् ।
सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सिम्पानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रका काम भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्डको काम देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले गत पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए ।
कालोपत्रको काम भइरहेको उक्त सडकखण्डको गुणस्तरका बारेमा जनताले आफूहरुसँगसमेत पटकपटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिए । “कालोपत्रको काम गुणस्तरहीन भएको जनगुनासो आएपछि हामीले ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ”, उनले भने, “आगामी दिनमासमेत नसच्चिएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछौँ ।”
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक २०७७ साउन ११ गते सम्पन्न गर्नेगरी सडक विभागले ठेकेदार कम्पनीसँग गरेको सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति सकिएको महिना दिन बितिसक्दा पनि उक्त सडक कालोपत्रको काम आधा पनि नभएको स्थानीय बासिन्दा मिलन राईले बताएका छन् ।
फराकिलो पार्ने, दायाँबायाँ नाली तथा पर्खालको काम भइरहेको उक्त सडक हिउँदभर मात्र सञ्चालन हुने गरेको छ । दुई वर्षअघिदेखि कालोपत्र थालिएको उक्त सडकको काम सम्पन्न नहुँदा अहिले हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ ।
सोही सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको कामसमेत ठेकेदार कम्पनीको लापरवाहीले अगाडि बढेको छैन । फोक्सिङटारमा पक्की पुल नहुँदा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रमुख सडक मानिने दिक्तेल–गाईघाट सडक करीब छ महिना मात्र सञ्चालन हुन्छ । करीब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडक खण्डको गाईघाटबाट खोटाङको महुरेसम्मको १०१ किलोमिटर सडक कालोपत्र गर्न सडक विभागको रु दुई अर्ब ६८ करोड बजट लगानी छ । शिलान्यास गरिएको २३ वर्षपछि कालोपत्रको काम थालिएको उक्त सकड समयमा सम्पन्न गर्न स्थानीय बासिन्दाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई पटकपटक जिल्ला प्रशासन कार्यालयमा झिकाएर दबाब दिँदै आएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: