काठमाडौँ । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिए । दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउनदेखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उनले बताए ।
उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताए । जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ । नवजात शिशुमा ‘भिटामिन के’ को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भई मृत्युसमेत हुने गर्छ ।
‘भिटामिन के वान’ मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ । “नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राप रोक्न प्रयाप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय रुपमा नहुने हुँदा शिशुमा ‘भिटामिन के’ को कमी हुन्छ”, उनले भने, “सो अवस्थामा ‘भिटामिन के’ मा निर्भर भई रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भई शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुन सक्छ । रक्तस्राव रोक्न ‘भिटामिन के’ दिन थालिएको हो ।”
उहाँका अनुसार यसै आवदेखि छ लाख २० हजार नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ । अन्तरराष्ट्रिय तथ्याङ्कमा जन्मेको पहिलो हप्तामा ६० देखि २५० नवजात शिशुमध्ये एकजनामा रक्तस्राव र जन्मेको दुईदेखि १२ हप्तामा १४ हजारदेखि २५ हजार नवजात शिशुमध्ये एक जनामा रक्तस्राव हुने गरेको देखिएको छ ।
रक्तस्राबबाट शिशुहरुको मृत्युसमेत हुने गरेको हुँदा रक्तस्राव समस्याको न्यूनीकरण गरि शिशुको स्वास्थ्य रक्षा गर्न आवश्यक देखिएकाले निःशुल्क रुपमा ‘भिटामिन के’ दिन थालिएको हो । उनका अनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत रहेर ‘भिटामिन के’ कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।
शिशुको जन्म तौल एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०।५ मिलिग्राम दिइनेछ । ‘भिटामिन के’ दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए । प्रदेश नं। १ ले रु ३८ लाख ५४ हजार, प्रदेश नंं २ ले रु ४२ लाख ६६ हजार, वाग्मतीले रु ५४ लाख ८३ हजार, गण्डकीले रु ३१ लाख ६४ हजार, कर्णालीले रु २७ लाख ७७ हजार र सुदूरपश्चिम प्रदेशले रु ३८ लाख ३० हजार बजेट ‘भिटामिन के’ का लागि विनियोजन गरेका छन् । विनियोजन बजेटबाट ‘भिटामिन के’ र एक एमएल बरावरको सुई खरिद गर्ने छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: