Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई सौर्य ऊर्जा वितरण

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ स्थित लिदी पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको अस्थायी शिविरमा विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरिएको हो ।
ती सौर्य प्रणालीहरु जुगल गाउँपालिका–१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे। वितरीत सौर्य प्रणालीबाट प्रतिप्रणाली चार वटा बत्ती बाल्न मिल्नुको साथै मोबाइल चार्ज गर्ने सुविधा समेत रहेको छ ।

गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन् ।

राहत सामाग्री वितरण कार्यक्रममा सभामुख सापकोटाले सिन्धुपाल्चोक लिदी, बाह्रबिसे, भोटेकोशी, मेलाम्चीलगायत विभिन्न स्थानमा यसै वर्षायाममा गएको पहिरोबाट ७५ जनाले ज्यान गुमाइसकेको बताउँदै जिल्लामा परेका यस महाविपत्तीको घडीमा सहयोग गर्न आग्रह गरे । देशमा महामारीको रुपमा फैलिरहेको कोरोना भइरसको त्रासको बाबजुद पनि पीडितहरुको शिविर स्थलसम्म आएर सौर्य ऊर्जा वितरण गरेकामा केन्द्रलाई धन्यवाद दिए।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले देशमा आइपर्ने यस्ता विपत्तीको घडीमा केन्द्रले निरन्तर सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै ग्रामीण दुरदराजमा आइपर्ने यस्ता विपत्तीमा सबैले एकजुट भएर सामना गर्नुपर्ने बताए । उनले अढाइ दशकदेखि देशका ग्रामीण भेगमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरु सौर्य ऊर्जा, लघु जलविद्युत्, वायोग्यास, सुधारिएको चुलो, सुधारिएको पानीघट्ट, वायु ऊर्जा जस्ता प्रविधिहरु प्रवद्र्धनमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिए ।

जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले पहिरोबाट पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनाको लागि गाउँपालिका अहोरात्र खटिरहेको बताउँदै विपदको सामना गर्न केन्द्रले सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएकामा केन्द्रलाई धन्यवाद दिए । कार्यक्रममा जिल्ला विपद व्यवस्थापनसँग सम्बन्धित प्रतिनिधिहरु, राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरण, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरुलगायतको उपस्थिति थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending