Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भीमदत्तमा योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तह दिएको अधिकार क्षेत्रभित्र रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का आधारमा नगर क्षेत्रभित्रका विद्यालयका लागि स्थानीय पाठ्क्रम तयार गरिएको बताए ।

“स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्रको मौलिकता, विषयवस्तुका आधारमा पाठ्यक्रम बनाउने अधिकार छ । त्यसअनुसार तयार गरिएको छ । तयार गरिएको पाठ्यक्रम विद्यालयमा लागु गछौँ”, उनले भने । नगरपालिकाको कार्यपालिकाले केही दिन अघि स्थानीय पाठ्क्रम स्वीकृत गरी लागू गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विकासका लागि स्थानीय पाठ्क्रम निर्माण गरिएको भीमदत्तका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

नगरपालिकाले दुई किसिमका पाठ्यक्रम निर्मा ण गरेको उनको भनाइ छ । “योग शिक्षामा योग र आयुर्वेदलाई प्राथमिकता दिइएको छ”, उनले भने, “एकीकृत पाठ्यक्रममा नगरको कृषि, धार्मीक क्षेत्र, संस्कृति, स्थानीय सम्भावनालगायत विषय समेटिएको छ ।” नगरपालिकाले योग शिक्षा र एकीकृत स्थानीय पाठ्क्रम निर्माण गरेको छ । योग शिक्षा कक्षा १ देखि कक्षा ३ मा अध्ययनरत विद्यार्थीलाई पढाइने उनले भने । नगरपालिकाको इतिहास, कला, साहित्य, संस्कृति, भाषा, वन, कृषिलगायतलाई समावेश गरी तयार गरिएको एकीकृत स्थानीय पाठ्यक्रम आधारभूत तहका विद्यार्थीलाई पढाइने छ ।

विद्यालय सञ्चालन भएपछि योग शिक्षा र एकीकृत स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याइने शिक्षा शाखा प्रमुख जोशीले बताए । चालु शैक्षिक सत्रदेखि यहाँका विद्यालयमा कक्षा १ का विद्यार्थीलाई योग शिक्षा विषय पढाई हुने उनको भनाइ छ । राष्ट्रिय पाठ्यक्रम, २०७६ मा भएको व्यवस्थाअनुसार भीमदत्त नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्ने तयारी गरेको हो । कक्षा १ देखि ३ सम्म पढाइने स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको हुनेछ । पाठ्यक्रममा भीमदत्तको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापनलगायत विषयलाई समावेश गरिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माणको तयारी पूरा गरेको छ । स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृतिलाई समावेश गरी स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरिएको शुक्लाफाँटाका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending