Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

धानबालीमा गवारो रोगको प्रकोपः किसान चिन्तित

सप्तरी । सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् ।

यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको बाढी र अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि मारमा परेका हुन् । “समयमै वर्षात् भएका कारण यस वर्ष रोपाइँ सकेका थियौँ”, तिलाठी कोइलाडी गाउँपालिकाका किसान श्यामसुन्दर खडगाले भने, “यस वर्ष धान उत्पादन बढ्ने भो भनेर खुशी भएका थियौँ । तर बाढी र गवारो रोगको प्रकोप देखिएपछि चिन्तित भएका छौँ ।”

पुतली प्रजातिको गवारो किराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान वताउँछन् । किराको प्रकोप वढ्दै जाँदा धानको वोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताए । समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए । सप्तरी धान खेतीमा अब्बल मानिन्छ ।

जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पुर्याएको बताए । प्रकोप नियन्त्रण तथा किसानलाई राहत प्रदान गर्न गाउँपालिकाको साधान स्रोतले भ्याएसम्म आफूले पहल गरिरहेको उनको भनाइ छ । रोग नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोग गर्न आग्रह गरिएको उनले बताए ।

बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानबालीमा देखिएको गवारो रोगको प्रकोपले आफूहरु थप मारमा परेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई किराको आक्रमण बढेको बताए । पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको बताउँदै उनले यसको रोकथाम तथा नियन्त्रणका लागि प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए । रासायनिक मल, डिएपी, युरिया, पोटासलगायत मलको सही मात्रा नमिल्दा बालीको जरा नरम र कमजोर भई किराले आक्रमण गर्न थालेको उनको भनाइ छ ।

जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश नं २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि किसानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । किसानमा प्राविधिक ज्ञानको कमी र किराका लागि अनुकूल वातावरण भएका कारण गवारो रोगेको प्रकोप बढी देखिएको बताइएको छ । “दैनिक १०÷१२ जना किसान धानमा रोग लागेको भन्दै बोट बोकेर आउने गरेका छन्”, प्रमुख यादवले भने, “धेरैजसो बाढीग्रस्त क्षेत्रमा समस्या देखिएको छ । बीउबिजन गुणस्तरीय नहुदा बर्षेनी समस्या हुने गरेको छ ।”

रोगको पहिचान गरी किसानलाई विषादी प्रयोग गर्न सुझाव दिएको र यसबाट रोग नियन्त्रण हुने दाबी कृषि प्राविधिकको छ । गवारो रोगका लागि कोलोरो पाइरिफस नामक विषादी प्रयोग गर्न किसानलाई सुझाएको कृषि प्राविधिकको भनाइ छ । रोग हेरेर मात्र विषादीको प्रयोग गर्न पनि उनीहरुको सुझाव छ ।

जिल्लामा यो वर्ष ६२ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानबाली गरिएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies