अछाम । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।
सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसर शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सो खोलाको बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरुमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेका थिए । बाढीले वेपत्ता भएका व्यक्तिहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो । निरीक्षणका क्रममा ग्रहमनत्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा भीम रावलसहित रहनु भएको थियो ।
राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउादा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि बुधबार दिउसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको थियो । कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौँपायासहित १७ जना नागरिक बगाएको थियो । खोलामा अहिलेसम्म पनि बाढी भएका कारण शव खोजी कार्य गर्न समस्या भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: