सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँपालिका–२, सरस्वती टोलमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको छ ।
दुर्घटनाका क्रममा बरालको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ बस्ने ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तु शिवराज नगरपालिका–२ बस्ने १९ वर्षीय प्रकाश गाहा र पाल्पा रिब्दीकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीय सुनील थापा घाइते भएका छन् । यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ वडवलिया बस्ने ५५ वर्षीया शाहबुन निसा र नवलपरासी सुनवल नगरपालिका–६ बस्ने ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।
घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार भएका चालक रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...
आषाढ़ ३२ गते, २०८३ - १५:३८
सिद्धार्थनगर। रूपन्देहीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत रूपन्देहीको ओमसतिया गाउँ...
आषाढ़ ३२ गते, २०८३ - १५:२५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्...
आषाढ़ ३२ गते, २०८३ - १४:४६
काठमाडौं । अभिनेत्री प्रियंका कार्की निर्मित चलचित्र ‘मास्टर्नी’को प्रचारका लागि सार्वजनिक गरिएको प्रमोसनल गीत विवादमा परेको छ। गायक दुर्गेश थापा र प्...
आषाढ़ ३२ गते, २०८३ - १४:३६
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।...
आषाढ़ ३२ गते, २०८३ - १४:३३
काठमाडौँ। अर्जेन्टिना र स्पेनबिचको विश्वकप फुटबलको फाइनल खेलअघि फुटबल जगतमा एउटा रोचक संयोगको चर्चा चुलिएको छ । झन्डै दुई दशकअघि बार्सिलोनाका तत्कालीन...
आषाढ़ ३२ गते, २०८३ - १३:५८
काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...



प्रतिकृया लेख्नुहोस्: