कास्की । पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन ।
कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे ।
दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उनका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त भएका छन् ।
“आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए ।” उनले भने,“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वाटीका झोल पिएर अहिले निको भएको छु ।”
आइसोलेशनमा बस्दा पर्याप्त दूरी कायम भएकाले परिवारका अन्य सदस्यलाई सङ्क्रमण नदेखिएको तथा आफूले व्यक्तिगत समस्या नभोगेपनि कोरोनाका बिरामीलाई समाजले हेर्र्ने र गर्र्ने व्यवहारबाट बिरामीमा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गरेमा अस्पतालमा भन्दा होम आइसोलेशन बढी सुरक्षित रहेको उहाँको भनाई छ ।
होम आइसोलेशनमा बस्नेको उपचारको जिम्मा स्थानीय तहमा रहेकाले एक जना स्वास्थ्यकर्मीले निरन्तर फोन सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने गरेको अधिकारीले बताए।
अधिकारीजस्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरामा होम आइसोलेशनमा बसेका आठ जना शुक्रबार पहिलोपटक कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरु अस्पतालमा पर्याप्त कक्ष नभएपछि होम आइसोलेशनमा रहेका थिए । होम आइसोलेशनमा रहेर कोरोना निको भएकाहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक÷एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
सरकारले पनि पछिल्लो पटक सङ्क्रमणको कुनै लक्षण तथा चिन्हहरु नभएका तथा सामान्य लक्षण भएका सङ्क्रमित व्यक्तिहरु आ–आफ्नै घरमा आइसोलेशनमा बस्ने सक्ने गरी सुविधा दिएको छ ।
“सङ्क्रमण पुष्टि भएका तर लक्षण नदेखिएका तथा होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना आइसोलेशनमा रहेकामा शुक्रबार पहिलोपटक आठ जना फलोअप परीक्षण नतिजा नेगेटिभ आएपछि कोरोेनामुक्त भएका छन्।”महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने ।
होम आइसोलेशनमा रहेकाहरुले नियमित तापक्रम जाँच गरी स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको तथा स्वास्थ्यमा समस्या आएको खण्डमा अस्पताल ल्याउने गरिएको उनले जानकारी दिए । पोखरामा अस्पतालका सबै आइसोलेशन कक्ष बिरामीले भरिकाले सामान्य लक्षण भएकाहरुलाई घरमै राखिएको महाशाखाले जनाएको छ ।
घरमानै आइसोलेशनमा बस्ने सङ्क्रमित तथा उनीहरुका परिवार सदस्यहरु उपचार अवधिभर घर बाहिर ननिस्कने, पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्र्ने,खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा झोलिलो तथा पोशिलो खानेकूरा खाने तथा स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।
कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका विरामी९सक्रिय केस०को सङ्ख्या १०७ रहेकामा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्र र प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग उपचार अस्पतालमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: