महोत्तरी । कोभिड–१९ सङ्क्रमण जोखिम बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम हाटबजार बन्द गर्न थालेका छन् । जिल्ला सदरमुकाम जलेश्वर निषेधाज्ञा (कफ्र्य)ले सुनसान भएसँगै सुदूरउत्तरवर्ती बर्दिवास र भङ्गाहा नगरपालिकाका हाटबजार बन्द हुने भएका हुन् ।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले सङ्क्रमण बढेपछि नगर क्षेत्रका सबै हाटबजार आजदेखि सात दिनसम्म बन्द रहने बुधबार साँझ नै घोषणा गर्नुभएको हो । यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास नगरपालिका–१, २ र १४ वडा समितिले बुधबार मध्यरातदेखि नै व्यापार व्यवसाय र आवागमन एक साता बन्द गर्ने निर्णय गरेका छन् । बर्दिवास नगरपालिकाको पुरानो बर्दिवास गाविस क्षेत्रभित्र एक जनामा सङ्क्रमण पुष्टि भएपछि यस क्षेत्रमा पर्ने हालका वडा नं १, २ र १४ एक सातासम्म बन्द राख्ने निर्णय गरिएको सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिनुभयो । नगरका तीनवटै वडा समितिले पनि यस कुराको पुष्टि गरेका छन् ।
भङ्गाहा नगरपालिका क्षेत्रमा आजदेखि एक सातासम्म कुनै हाटबजार लाग्ने छैनन् । भीडभाड हुने हाटबजार बन्द गरिएसँगै आम मानिसलाई अनावश्यक हिँडडुल नगर्न समेत नगरप्रमुख साहको आग्रह छ । “बजारमा जताततै भीडभाड बढ्यो, भौतिक दूरीको पालना र अन्य सुरक्षा सतर्कतामा पनि लापरवाही देखियो”, नगरप्रमुख साहले भने, “सङ्क्रमण जोखिम बढ्दो छ, त्यसैले एक साता हाटबजार र खुला आवागमन बन्द गर्न सबैसँग अपिल गरेका हौँ ।” भङ्गाहा नगर क्षेत्रमा बारैपिच्छे लाग्ने साप्ताहिक हाट नै २५ भन्दा बढी छन् । भङ्गाहामा बुधबार नै थप ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसैगरी बस्तीभित्रै नयाँ सङ्क्रमण पुष्टि भएपछि डरलाग्दो स्थिति बन्दै गएको हुँदा बर्दिवास उद्योग वाणिज्य सङ्घ र बर्दिवास–१, २ र १४ सहित तीनवटै वडा समितिको संयुक्त बैठकबाट एक साता बन्द गर्ने निर्णय गरिएको बर्दिवास–१ का वडाध्यक्ष चुडामणि पोखरेलले बताए।
बर्दिवास मुख्य व्यापारिक कारोवारको नाका भएको हुँदा सीमा क्षेत्रसम्मका व्यापारीको बाक्लो आउजाउ बढ्दै जाँदा सङ्क्रमणको जोखिम बढेको सङ्घका प्रतिनिधि र तीनवटै वडाका अध्यक्षको भनाइ छ । यस कार्यमा सहजीकरण र आवश्यक सहयोगका लागि इलाका प्रशासन कार्यालय बर्दिवास र इलाका प्रहरी कार्यालय बर्दिवाससँग लिखितरूपमै अनुरोध गरिएको बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेलले बताए। बर्दिवास–१ का १५० वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएपछि यहाँ सङ्क्रमण जोखिम बढ्न नदिन एक साता बाहिर ननिस्केर घरघरै बस्न अपिल गरिएको बर्दिवास–१४ का वडाध्यक्ष भरत हमालको भनाइ छ ।
जिल्लामा कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि जिल्ला सदरमुकाम जलेश्वर नगर र महोत्तरी गाउँपालिकाको वडा नं ३ र ५ मा जिल्ला प्रशासन कार्यालयले गत सोमबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । पहिलोपटक दुई दिनका लागि घोषणा गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय महोत्तरीले अब साउन २५ गतेसम्म कायम रहने जनाएको छ । यसैगरी भीडभाड हुन नदिन, अनावश्यक आउजाउ रोक्न र जोखिम रोकथामका लागि गरिएका स्थानीय तह र उद्योग वाणिज्य सङ्घका प्रयत्नमा स्थानीय प्रशासनको साथ रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन् ।
महोत्तरीमा हालसम्म ८५२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना बुधबार नै पुष्टि भएका प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । साउन ७ गते लकडाउन हटेयता नै जिल्लामा सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि १०१ पुगेको छ । महोत्तरी प्रदेश नं २ का आठ जिल्लामा रौतहटपछि सबैभन्दा बढी सङ्क्रमणले गाँजेको जिल्ला हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: