Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

तरुण दलको महाधिवेशन असोज १० पछि तोकिने

१ साउन, काठमाडौं । नेपाल तरुण दलले नयाँ संविधानको मस्यौदामा रचनात्मक सुझाव दिन मुलुकभरका कार्यकर्तालाई आग्रह गरेको छ । साथै सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि तरुण दलले गरेको छ । गएको असार २९ र ३० गते राजधानीमा बसेको दलको केन्द्रीय कार्य समितिको बैठकले दलको तर्फबाट पार्टीलाई मस्यौदामाथि सुझाव दिन केन्द्रीय सदस्य नारायण भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि बनाएको छ । बैठकका निर्णय सार्वजनिक गर्न आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दलका अध्यक्ष उदयशमेर राणाले नयाँ संविधानको प्रारम्भिक मस्यौदा ल्याउन योगदान पुर्याउनु भएका सबै नेताहरुलाई धन्यवाद दिने निर्णय गरिएको जानकारी दिए । उनले भूकम्पबाट प्रभावित ठाउँमा तरुण दलले ७९१ वटा अस्थायी आवास र १३७ वटा विद्यालय भवन मर्मत गरेको जानकारी दिए । त्यसैगरी, भूकम्पपीडितका लागि दलका तर्फबाट नगद तथा जिन्सी गरी झन्डै रु पाँच करोड बराबरको राहत सामग्री वितरण गरिएको थियो । बैठकले बिपी स्मृति दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमका लागि केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाको संयोजकत्वमा कार्यक्रम समिति गठन गरेको छ । बिपी स्मृति दिवस यही साउन ६ गते पर्दछ । दलको महाविधेशनको मिति र कार्यतालिका भने आउँदो असोज १० गते बस्ने केन्द्रीय कार्य समितिको बैठकले तय गर्ने भएको छ । असोज २ देखि ५ गतेसम्म हुने मातृ पार्टी नेपाली काँग्रेसको महाधिवेशन सकिएपछि दलको महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने निर्णय भएको केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending