Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा !

काभ्रेपलाञ्चोक । कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा÷पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् ।

पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो । “कार्यपालिका बैठकले नै जात्रा÷मेलाका लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भने । उनले बुधबार सार्वजनिक बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन आग्रह गरेका छन् ।

नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताए । उनले भने, “कोरोना भाइरसको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सुरक्षा अपनाउन स्थानीयलाई भनेका छौँ, उनीहरुले आफ्नो सुरक्षा आफैँ गर्नु पर्ने हुन्छ ।” उनले स्थानीय पर्वमा सार्वजनिक दिएर संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य रहेको समेत बताए। यद्यपि पाँचखालले दिएको सार्वजनिक बिदाको चौतर्फीरूपमा आलोचना भइरहेको छ ।

धुलिखेल नगरले भने यस वर्षको जनैपूर्णिमा तथा गाईजात्रा र हिलेजात्रा भेला भएर नगर्न सार्वजनिक अपिल गरेको छ । जात्रा गर्दा मानिसको भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम सम्भावना भएकाले यस वर्ष जात्रा, पर्व भेला भएर नमनाउन आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । “जात्रा, पर्व सामाजिक दूरी कायम गरी परिवारभित्रै मनाउन सकिन्छ, सोहीअनुसार गर्न अपिल गरेका हौँ” उनले भने । नेवार समुदायको बाक्लो बस्ती रहेको धुलिखेल बजारमा गाईजात्राका अवसरमा हरेक घरबाट मृत्यु भएका परिवारको सदस्यको फोटो राखी प्रदर्शन गर्ने र स्थानीय भेला भएर लाखेनाच गरी नगर परिक्रमा गर्ने प्रचलन छ ।

तेमाल गाउँपालिकालगायत स्थानीय तहले कोरोनाको जोखिम कायमै रहेकाले जात्रा र पर्व मनाउँदा स्थानीयवासीको भीडभाड हुने भएकाले यस वर्ष घरमै मनाउन आग्रह गरेका छन् । तेमाल गाउँपालिकाले पोखरी नारायणस्थानमा रहेको ऐतिहासिक सत्यनारायण मन्दिरमा यस वर्ष जनैपूर्णिका अवसरमा लाग्ने मेला स्थगन नै गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: