Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तीन दिनपछि गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

गोरखा । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उनले बताए। उनले भने, “साना–ठूला गरेर २०र२५ पहिरो सडकमा खसेका थिए, खैरेनीतर्फबाट एक्साभेटर र गोरखातर्फबाट डोजरको सहायताले दिनभर लगाएर सडक पन्छाइएको हो । अन्य ठाउँको पहिरो सबै क्लियर भयो, एघारकिलोको हकमा अस्थायीरूपमा ह्युमपाइप राखेर भएपनि सडक सञ्चालन गरिएको छ । उक्त सडकखण्डको सातकिलो र आठकिलो भन्ने स्थानमा दुई ठूला पहिरो खसेका थिए । जसले गर्दा जिल्ला प्रवेश गर्ने मुख्य सडकमार्ग नै दुई दिनदेखि अवरुद्ध थियो ।

त्यस्तै वडा नं ११ को एघारकिलो क्षेत्रमा पनि सडक माथिबाट आएको बाढीले कल्भर्टबाट निकास नपाएपछि पक्की सडक नै बगाएको थियो भने स्यालीबजारको मुखैमा चार मिटर पक्की सडक वर्षाका कारण भासिएको थियो । प्रमुख ढकालले भने, “ती स्थानमा भने अस्थायीरूपमा मात्र तत्कालका लागि सवारी पास हुने बाटो बनाएर यातायात खुलाइएको छ ।”

जिल्ला प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुन नसक्दा पछिल्ला दुई दिनमा तीन बिरामीको हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि लैजानुपरेको थियो । सडक सञ्चालन भएपछि बिहानैदेखि सबै प्रकारका सवारी साधन गोरखाबाट बाहिरिने र भित्रने क्रम शुरु भएको उनको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: