Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

बागलुङमा ९९ करोड भन्दा बढी राजश्व सङ्कलन

बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङमा कोरोना कहरबीच राजश्व सङ्कलनमा वृद्धि भएको छ । आन्तरिक राजश्व कार्यालयले गत आथिक वर्ष २०७६/७७ मा रु ९९ करोड ९७ लाख आठ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले आव ०७६/७७ अनुमान गरेको राजश्वभन्दा बढी रकम सङ्कलन भएकोे जनाएको छ । गत आवमा रु ९६ करोड ५४ लाख ९२ हजार राजश्व सङ्कलनको लक्ष्य रहेकामा लक्ष्य भन्दा रु तीन करोड ४२ लाख १६ हजारभन्दा बढी राजश्व सङ्कलन भएको छ ।

कोरोना सङ्कटबीच उद्योग तथा व्यवसाय धराशयी बन्दै गइरहेको अवस्था र राजश्व सङ्कलनमा कमी आइरहेको सन्दर्भमा यहाँको राजश्व कार्यालयले भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख हेमराज सुवेदीका अनुसार आव ०७६/७७ मा मूल्य अभिवृद्धि करबाट रु ३० करोड ३३ लाख सात हजार, आयकरबाट ६७ करोड २० लाख ७१ हजार र अन्तः शुल्क बापत दुई करोड ४० लाख ५७ हजार सङ्कलन भएको छ ।

“कोरोना सङ्कटबीच राजश्व सङ्कलनमा गिरावट आउने अनुमान गरिएको थियो”, उनले भने, “जस्तोसुकै सङ्कटमा समेत राज्यलाई समयमै कर तिर्नुपर्दछ भन्ने व्यवसायीको मनमा आएको देखियो, त्यसैले राजश्व लक्ष्यभन्दा बढी सङ्कलन भएको हो ।”

कार्यालयका अनुसार आव ०७५/७६ सालमा रु ६८ करोड १८ लाख २० हजार सङ्कलन भएकामा आव ०७६/७७ मा ४६ प्रतिशतले राजश्वमा वृद्धि भएको हो । आव ०७६/७७ मा कार्यालयले तीन हजार ८६९ व्यवसायी पान नं, व्यक्तिगत पान नं १३ हजार ९८०, भ्याट २५४, अन्य प्रकारका पान ४७८ गरी करको दायरा विस्तार गरिएको जनाएको छ ।

यस अवधिमा रहेको बेरुजु रकम रु चार करोड ९५ लाखमध्ये रु चार करोड ५० लाख बेरुजु संपरीक्षण गरी ९० प्रतशत बेरुजु फछ्र्योट गरेको आन्तरिक राजश्व कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

यस्तै कार्यालयले गत आवमा कार्यालयको सेवा क्षेत्र भित्रको जिल्लाहरु बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ गरी १४ स्थानमा करदाता शिक्षा प्रदान गरिएको, ८९ वटा पसलको अनुगमन गरी करको दायरामा ल्याई रु एक लाख ३५ हजार जरिवाना गरिएको छ ।

यस्तै कार्यालयले २०७७ साउन १ गतेदेखि वार्षिक रु २० लाख सम्मको कारोवार र दुई लाख सम्मको आय हुने कर दाताले बुझाउने कर बंैक तथा अनलाइनबाट कर चुक्ता गर्न सकिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले थोरै रकम कर चुक्ता गर्न धेरै कम खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको कार्यालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies